'हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर'

काठमाडौं । ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड–नेपाल समूहले फेरि क्याँउक्याउँ गर्न सुरु गरेको बताएका छन्। उनले प्रचण्ड-नेपाल समूहलाई अब नयाँ चटक गर्न समेत व्यंग गरेका छन्।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि बसेको पहिलो बैठक बहिस्कार गरेको भन्दै नेकपाको माधव–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका हुन्।
पुनर्स्थापनाको माग गरेर आन्दोलनमा गएका दलहरुले नै संसदको पहिलो बैठक अवरुद्ध गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्। सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गए भन्दै उनले प्रश्न पनि गरेका छन्।
‘आफैँ पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर। सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या हुन्?' बाँस्कोटाले सामजिक सञ्जाल फेसबुक उनले लेखेका छन्, 'अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे। अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ। फेरि क्याउँक्याउँ? सकिएन बा! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर।’
काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।