Namaste Icon
Ad
Ad

मन्त्रीकै अगुवाइमा एमाले पार्टी कार्यालय स्थापना

मन्त्रीकै अगुवाइमा एमाले पार्टी कार्यालय स्थापना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको नेतृत्वमा मोरङमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ। सोमबार मन्त्री ढकालसहितका मोरङका नेतारकार्यकर्ताले पार्टी कार्यालय स्थापना गर्दै नेकपा एमालेको बोर्ड राखेका हुन्। बोर्ड भन्दा माथि प्रधानमन्त्री केपी ओलीको प्रतिमा राखिएको छ।

मोरङस्थित् मदन स्मृति भवनमा एमालेको पार्टी कार्यालय स्थापना गरिएको हो। सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको हो। यसअघि नुवाकोट र पर्वतमा पनि एमालेको कार्यालय पुनस्स्थापना गरिएको छ।

Ad

सम्बन्धित समाचारहरु

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad