Namaste Icon
Ad
Ad

ललितपुरमा एमाले ब्युँतियो, सचिवको जिम्मेवारी पुरुषोत्तम आचार्यलाई

ललितपुरमा एमाले ब्युँतियो, सचिवको जिम्मेवारी पुरुषोत्तम आचार्यलाई

सन्तोष दहाल, ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रको एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आइतबार सर्वोच्च अदालतले खारेज गरिदिएपछि उक्त विषय अहिले चर्चामा छ। अदालतले नेकपाको मान्यता ऋषि कटेललाई दिएसंगै साविकका दुई पार्टीहरु पहिलेकै हैसियतमा पुगेका छन्।

यसै क्रममा ललितपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवको जिम्मेवारी पुरुषोत्तम आचार्यलाई दिईएको छ। सोमबार जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले सर्वोच्चको आदेश र फैसलालाई पालना गर्दै हरिकृष्ण व्यंजनकारको अध्यक्षतामा रहेको जिल्ला नेकपा एमालेको सचिवको जिम्मेवारी आचार्यलाई दिने निर्णय गरेको हो। साथै पार्टी कार्यालय रहेको मदन आश्रित स्मृति भवनमा सोमबार नै नेकपा एमालेकै बोर्ड खडा गरिएको छ।

उक्त कार्यक्रममा पार्टी केन्द्रिय सदस्यहरु नवराज सिलवाल, सुशीला नेपाल लगायतले आफ्नो धारणा व्यक्त गर्दै अब नेकपा एमाले नै पूर्ववत रुपमा संगठित भएर अगाडी बढ्नको लागि सर्वोच्च अदालतले सही समयमा सही निर्णय गरेको बताएका थिए। साथै जिल्ला कमिटि लगायत तल्लो तहसम्मका अन्य सबै कमिटिहरुलाई चिती पूर्णता दिइने बताईएको छ।

आचार्य यसअघि नेकपा एमाले र नेकपाको जिल्ला पार्टी कार्यालय सचिवको रुपमा कार्यरत थिए।

Ad

सम्बन्धित समाचारहरु

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad