Namaste Icon
Ad
Ad

एमालेमै रहेर ओलीविरूद्ध लड्ने माधव-झलनाथ समूहको निष्कर्ष

एमालेमै रहेर ओलीविरूद्ध लड्ने माधव-झलनाथ समूहको निष्कर्ष

काठमाडौं । सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव-झलनाथ पक्ष एमालेमै फर्किने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि माधवकुमार नेपाल-झलनाथ खनाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’समूहमा लागेर सडक आन्दोलनमा पुगेका थिए। सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ ।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।

अदालतले पुरानै पार्टी ब्यूँताएपछि नेपाल समूह एमालेमा फर्कने निष्कर्षमा पुगेको हो। माधव-प्रचण्ड समूहका केन्द्रिय सदस्य एवम् तत्कालीन एमाले नेता विष्णु रिजालले एमाले केपी ओली, माधव नेपाल दुवैको भएकाले पार्टी ब्यूँतिएपछि हामी सबै एमाले भएको बताएका छन् । ट्वीटमा उनले भनेका छन्,‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन। एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो। पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ ।’

अहिले प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिस डाँडामा बसिरहेको छ। बैठक अगाडि तत्कालीन एमालेको माधव पक्षको मात्र बैठक बसेको थियो। उनीहरु एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्दै पुन: पार्टी एकताको लागि पहल गर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले बताए। छलफलमा सहभागी नेताहरुले एकतालाई जोगाएर जान सकिने सम्भावनाको खोजी गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्।

Ad

सम्बन्धित समाचारहरु

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad