Namaste Icon
Ad
Ad

नारी दिवसमा ललितपुरमा साईकल र्याली

नारी दिवसमा ललितपुरमा साईकल र्याली

रशिला भण्डारी,ललितपुर। मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय महिला दिबसको अबसर पारी 'महिला सशक्तीकरणको लागि पुरुषको सहभागिता अपरिहार्य' भन्ने सन्देश सहित साइकल र्याली सम्पन्न गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा ललितपुर र ललितपुर महानगर महिला समिति ,ललितपुर जिल्ला महिला समितिहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। र्यालीमा ७ वर्षका बालबालिका देखि ७३ वर्षका ज्येष्ठ नागरिक, ह्वीचियर प्रयोगकर्ता एबम् युवाहरुको उल्लासपूर्ण सहभागिता थियो।

यस वर्षको नारी दिबसको अन्तर्राष्ट्रिय नारा woman in leadership : achieveing and equal future in a covid -19 world
रहेको छ। त्यस्तै ललितपुर महानरको नारा भने महिला सशक्तीकरणको लागि पुरुषको सहभागिता अपरिहार्य भन्ने रहेको छ।

१९७५ मा विश्वले नै अन्तर्राष्ट्रिय महिला दिबस मनाएको थियो । त्यो समयमा जापानि जुनको ताबेइ सगरमाथाको चुचुरोमा पुग्न सफल क्षण बनेको हुनाले यो अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा यादगार रहेको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर माहानरका प्रमुख चिरीबाबु महर्जनले साईकल र्यालीले ललितपुरका महिलाहरुलाइ साइकलिङ सम्बन्धि प्रोत्साहन प्राप्त भएको बताए । गत बर्ष ललितपुर महानगरले १०.५ किलोमिटर साइकल लेन बनाएको र यस बर्ष 22 कि .मि . साइकल लेन बनाइ सकेको जानकारी भन्दै उनले साइकलिङ बाट सबैको स्वास्थ राम्रो हुने बताए ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad