Namaste Icon
Ad
Ad

युटुबले हटायो भ्रम फैलाउने ३० हजार भिडियो

युटुबले हटायो भ्रम फैलाउने ३० हजार भिडियो

एजेन्सी । युटुबले कोरोना खोपबारे भ्रम फैलाउने ३० हजार भिडियो आफ्नो प्लेटफर्मबाट हटाएको छ। इन्ग्याजेटका अनुसार युटुबले ६ महिनाअघि कोरोना भाइरस विरुद्धका खोपबारे भ्रम नफैलाउन सबै भिडियोका लागि नयाँ नीति अपडेट गरेको थियो। तर, यो नीति उल्लंघन गर्ने भिडियोको संख्या बढ्दै गएपछि हटाइएको हो।

गत अक्टोबरमा कम्पनीले कोरोना भाइरसको गलत जानकारी रोक्न केही नितीहरु लागू गरिसकेको थियो, तर त्यसमा खोपका कुराहरु सम्बोधन भएका थिएनन्।

कोरोना भाइरसकै अफवाह फैलाएको कारण युटुबले गत फेब्रुअरीमा आठ लाख भिडियो हटाएको थियो।
कोरोना विरुद्धका खोपहरु धेरै देशमा पुगिसकेको छ। यसबारे मानिसहरुले गलत सूचना दिइरहेकाले सामाजिक सञ्जालहरु सचेत हुन थालेका हुन्।

केही महिनाअघि मात्रै फेसबुक र ट्वीटरले खोपहरु बारे फैलिने भ्रम प्रतिरोध गर्न आफ्ना नीतिहरु विस्तार गरेको थियो। फेसबुकले कोरोना खोपको मात्र नभइ सबै किसिमका खोपबारे बन्ने गलत सूचनाहरु आफ्नो प्लेटफर्ममा निषेध गरेको छ।

युटुबले भने विश्व स्वास्थ्य संगठनको आधिकारिक निर्देशनको विरोधमा बन्ने कोरोना खोपबारे भ्रम हटाउन ध्यान दिएको इन्ग्याजेटले बताएको छ।

 

Ad

सम्बन्धित समाचारहरु

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ को एक कार्यक्रममाझ एनसेललाई यो अवार्ड प्रदान गरिएको हो ।

जेठदेखी अवैध मोबाइल ‘लक’ गर्ने तयारी, वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने

काठमाडौं । आगामी जेठदेखी नेपालमा भित्रिएका अवैध मोवाइल लक हुने भएका छन् । नेपाल दूरसञ्‍चार प्राधिकरणले यसअघि नै यस्तो प्रणाली सञ्चालन गर्ने तयारी गरेपनि जेठबाट मात्र सञ्चालनमा आउने भएको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि अवैध मोबाइल नियन्‍त्रणका लागि बनाइएको प्रणाली सञ्‍चालन हुने भएको हो । प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने छ । अवैध तथा चोरी गरी ल्याइएका एंवम् प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक हुनेछन् । मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीअनुसार आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (आइएमइआइ नम्बर ) दर्ता गराउनुपर्ने छ । यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाप्रदायकहरुको नेटवर्कसँग जोडिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad