Namaste Icon
Ad
Ad

मृगौलाको अवस्था थाहा पाउन बर्षको एक पटक पिसाब जचाँउ

मृगौलाको अवस्था थाहा पाउन बर्षको एक पटक पिसाब जचाँउ
डा. ऋषि कुमार काफ्ले, बरिष्ठ मृगौला रोग विशेषज्ञ

हाम्रो नेपालको जनसंख्या ३ करोड मध्ये ३० लाखमा मृगौलाको कुनै न कुनै समस्या छ, जस्मध्ये ३० हजार जनाको मृगौला बिग्रिन थालेको हुन्छ र यो ३० हजार मध्ये बर्षेनी ३ हजार जनाको मृगौला बिग्रिएर डायलासिस गराउनु पर्ने हुन्। मृगौला बिग्रिएकालाइ नियमित डायलासिस गर्न–गराउन सकिएन अथवा अर्को स्वस्थ मृगौला प्रत्यारोपण गर्न सकिएन भने मानिसको मृत्यु हुन्छ । मानिसको शरीरमा सामान्यतया दुइवटा मृगौला हुन्छन ,कसै कसैको शरीरमा एउटा अथवा तीन वटा मृगौला पनि हुन्छन तर शरीरमा स्वस्थ मृगौला एउटा भए पनि पुग्छ ।

मृगौला स्वस्थ राख्ने सजिलो तरिका छ। एक दिनमा २ देखि ३ लिटर पिसाब हुनेगरी स्वस्थ पानी पिउने ,पानी एकै पटक होइन पटक(पटक गरेर, थोरै–थोरै गरी पिउने,अन्दाजी २–३ लिटर पानी पिउने । दिनमा कम्तिमा १० हजार पाइला (४–५ किलोमिटर जती) अनिबार्य पैदल हिड्ने । रातीको समयमा कम्तीमा ७ घण्टा आरामले सुत्ने ।

मदिरा ,धुम्रपान ,लागु पदार्थ नखाने। स्वस्थकर खानेकुरा प्राकृतिक समय अनुसार मिलाएर खाने एकै पटक धेरै नखाने। माछा–मासु भन्दा साकाहारी भोजनमा जोड दिने ,माछा–मासु कम खाने। २४ घन्टामा एक पटक, अझ बेलुका ९र१० बजे देखि भोलिपल्ट ७–८ बजेसम्म चाँहि खाना नखाने पेट त्यो समय खाली राखी मृगौलालाई आराम दिने, भनेको हामीले प्राकृतिक जीवनसैली अपनाउने, आधुनिकताको भद्धा अप्राकृतिक जीवनसैली देखि टाढै रहने।

मृगौलाले काम गरुन्जेल केहि थाहा हुदैन जब मृगौला बिग्रिन्छ अनिमात्रै थाहा पाइन्छ। भनेको, धेरैजसो मृगौला रोगको लक्षण हुदैन जव मृगौला कामै नलाग्ने हुन्छ अनि मात्रै थाहा पाइन्छ, त्यसैले मृगौला ठिक छ, छैन ? भनेर थाहा पाउन बर्षेनी मृगौला जचाउनु पर्छ। मृगौला सामान्यतया ठिक छ की छैन, भनेर जान्न अर्थोक केहि गर्न पर्दैन पिसाब जचाए पुग्छ, पिसाब जचाउने सुबिधा प्रत्यक जिल्ला मात्र होइन, गाउ÷गाउँ पुगिसक्न लाग्यो, सबैले बर्षको एक पटक आफ्नो पिसाब जचाएर मृगौला स्वस्थ छ÷छैन थाहा पाऔं । यदि समयमा जाँचेर मृगौला रोगी भएको थाहा पाइयो भने धेरै जसो मृगौलाका समस्या समाधान गर्न सकिन्छ तर त्यहि समस्या पुरानो भएपछि मृगौला कामै नलाग्ने सम्म हुन् । त्यो बेला कि त डायलासिस हो, कि अर्को स्वस्थ मृगौला प्रत्यारोपण हो यी दुवै जटिल काम हुन्,त्यसो गर्न नसक्दा बिरामीको मृत्यु हुन्छ । डायलासिस गर्न पनि सजिलो छैन, अर्को मृगौला फेर्ने त झन् गाह्रो छ।

हो, सरकारले यी दुवै उपचार निसुल्क त गरिदियो तर प्रत्यारोपण पछि महिनै पिच्छे १५-२० हजारको औषधी खानु पर्छ जुन निसुल्क छैन त्यो नखाए राखेको नयाँ मृगौलाले काम गर्दैन। त्यसकारण उपचार के(कसो भन्नु भन्दा पहिला आफ्नो मृगौला आफैले स्वस्थ राखिराखौं,त्यो हजार गुणा बुद्धिमानी हो ,सबैले सक्छन।

यदि जन्मिदा कम तौलको बच्चा जन्मियो भने जान्नुस उसको मृगौला कमजोर हुन्छ। स्वस्थ नै भए पनि उमेर ३० बर्ष बाट माथि लागेपछि बिस्तारै मृगौलाको काम गर्ने क्षेमतामा कमि आउन थाल्छ । मानौ उमेर ७० पुग्दा त मृगौलाको काम गर्ने क्षेमता आधा भैसक्छ तर स्वस्थ जीवनसैली अपनाउदा त्यहि आधा पनि काफी छ। धुम्रपान, मध्यपान, लागुपदार्थ खाने, शरीरमा अरू रोग छ, सुगर छ, प्रेशर छ, शरीर मोटो छ भने त तुलनात्मक रूपमा अरूको भन्दा त्यस्ता मानिसको मृगौला झन् कमजोर भएको हुन सक्छ ,त्यसैले उहाहरूले त मृगौला जचाईहाल्नु पर्छ। उहाहरूले मात्रै होइन सबैले बर्षेनी मृगौला जचौनु पर्छ किनकी म स्वस्थ छु भन्ने हामीहरूलाई पनि मृगौलाको रोग लागेको हुनसक्छ। मृगौला रोग लागेको स्वयम् डाक्टर, नर्स र स्वास्थ्य कार्यकर्तालाई नै थाहा हुदैन अरूले त के थाहा पाउनु त्यसैले म स्वस्थ छु भन्ने घमण्डले गर्दा मृगौला जचाउन नछुटाउँ।

मृगौला रोगीको उपचारमा सबैले सकेको योगदान गरौँ ,कम्तीमा दिनको १ रुपैया हामी नेपालीले मृगौला उपचार गर्नु पर्नेहरूलाई सहयोग गरेम भने सबैको उपचार सजिलै गर्न सकिन्छ। अब सरकारले डायलासिस र प्रत्यारोपण निसुल्क गरे जस्तै प्रत्यारोपण गरेपछि महिनै पिच्छे खाने ओखती पनि निसूल्क गरोस। मृगौला रोग बिरुद्ध हामी सबै जुटौं। आफु स्वस्थ रही अरूलाई पनि स्वस्थ राख्न सहयोग गरौँ।

(बरिष्ठ मृगौला रोक विशेषज्ञ डा. ऋषि कुमार काफ्नेसंग रेडियो थाहा सञ्चारको लागि सञ्चारकर्मी ओम भण्डारीले गर्नुभएको कुराकानीमा आधारित)

Ad

सम्बन्धित समाचारहरु

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

निरज कालिका । नेपालको राजनीति हेरेर मात्रै बुझ्न सकिँदैन । राजनीतिभित्र हरेक विषयहरु पर्दछन । प्रसिद्व लेखक क्रिनसको ईन्टरसेक्सनालिटीको आधारलाई लिएर राजनीति बुझ्न सकिन्छ । कुनै पनि विषय पूर्ण बन्न अन्य तत्वहरुले भूमिका खेलेको हुन्छ । त्यस्तै, राजनीतिक विषय पूर्ण बन्नका लागि धेरै तत्वहरुको आवश्यकता पर्दछ । जस्तै समाज, विज्ञान, अध्ययन, प्रविधि , राजनीतिकदल, अड्डाअदालत, प्रशासन, धर्म, संकृति आदि तत्वको आवश्यकता पर्दछ । यस्ता कैयौं विषयहरूले राजनीति विषय निर्माण गर्ने गर्दछन । खाली नेताहरुलाई मात्र हेरेर राजनीति बुझ्न सकिँदैन र पूर्ण हुँदैन । समाजका मानिस, सलाकार, स्वयं नेता पनि कस्ता छन ? यी कुरा पनि बुझ्न जरुरी हुन्छ । यी बाहेक पनि विभिन्न कुराहरूको आफ्नै नियम हुन्छ । जस्तो विज्ञानको नियम, बजारको नियम, समाजको नियम, धर्मको नियम, संस्कृतिको आदिको आफ्नै नियम हुन्छ । त्यस्तो धेरै विषयहरूको विभिन्न नियम हुन्छ । जसले राजनीति निर्माण गर्छ ।

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

डा. डिला संग्रौला । लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad