Namaste Icon
Ad
Ad

सार्वजनिक हुँदै ओपो एफ१९प्रो

सार्वजनिक हुँदै ओपो एफ१९प्रो

काठमाडौं । ओपोले यही चैत्र ३ गते ‘एफ१९प्रो’ सार्वजनिक गर्ने भएको छ । लाइभलञ्च इभेन्टमा ओपोका ब्राण्ड फ्रेन्ड तथा कलाकार स्वस्तिमा खड्का, तृष्णा गुरुङ र कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहने कम्पनीले जनाएको छ । लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ ।

एफ१९प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध रहेको छ भने फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड-एंगल क्यामेरा, २एमपीमाक्रो क्यामेरा र २एमपीमोनो क्यामेराका साथमा काम गर्छ । प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्ने भएकाले फोनमा ३२एमपी फ्रण्ट-फेसिङ क्यामेराको प्रयोग गरिएको छ ।


ओपो एफ१९ प्रोमा ९०.८ प्रतिशत स्क्रिन-टू-बडी रेसियो र ईन-डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३(ईञ्च पञ्च-होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो फोनमा एक पटक पूर्णरुपमा चार्ज गरि सकेपछि १६ घण्टा सम्म अनलाईन भिडियो प्लेब्याकको मज्जा लिन सकिने कम्पनीले दावी गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ को एक कार्यक्रममाझ एनसेललाई यो अवार्ड प्रदान गरिएको हो ।

जेठदेखी अवैध मोबाइल ‘लक’ गर्ने तयारी, वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने

काठमाडौं । आगामी जेठदेखी नेपालमा भित्रिएका अवैध मोवाइल लक हुने भएका छन् । नेपाल दूरसञ्‍चार प्राधिकरणले यसअघि नै यस्तो प्रणाली सञ्चालन गर्ने तयारी गरेपनि जेठबाट मात्र सञ्चालनमा आउने भएको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि अवैध मोबाइल नियन्‍त्रणका लागि बनाइएको प्रणाली सञ्‍चालन हुने भएको हो । प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने छ । अवैध तथा चोरी गरी ल्याइएका एंवम् प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक हुनेछन् । मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीअनुसार आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (आइएमइआइ नम्बर ) दर्ता गराउनुपर्ने छ । यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाप्रदायकहरुको नेटवर्कसँग जोडिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad