नेपाल केम्पो खुकुरी मार्शल आर्ट्सको कर्णाली भेला सम्पन्न

नन्दु खनाल, सुर्खेत । नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । शुक्रबार विरेन्द्रनगरमा आयोजित भेलाले आयुस सेजुवालको अध्यक्षता १८ सदस्यीय कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा धनिराम धमाला, आशा शाही, चक्रबहादुर सिजापती निर्विरोध चयन भएका छन । यस्तै संघको सचीवलाई लालमणी धमाला र कोषाध्यक्षमा सुशील बुढालाई जिम्मेवारी दिईएको छ । संघको सदस्यहरुमा चाल्स डार्वीन बन, राजेश बुढा, भिम रावल, शोमराज केसि, सागर पौडेल , सरस्वती सुनार, भवानी ढकाल, अस्मित बम, लक्ष्मीप्रसाद धमाला, चन्द्रप्रकाश मल्ल, पवन पौडेल र जलशा बुढा निर्विरोध चयन हुनु भएको छ ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास दल रावलले केम्पो खुकुरी मार्शल आर्ट्स कर्णालीको मौलिक खेल सँग जोडिने खेल भएकोले यसको विकासको लागि प्रदेश सरकारले योजना बनाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संघका केन्द्र अध्यक्ष पुर्ण पाण्डेले यश खेलको विकासको लागि सात वटै प्रदेशमा कवड हल निर्माण गरि प्रत्येक जिल्लामा प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको जानकारी दिए ।
उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा यश खेललाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याई खेल जगतमा नेपालको शिर अझै उच्च राख्ने बताए । कार्यक्रममा नेकपा एमाले सुर्खेतका सचीव मोहन बडुवालले खेल क्षेत्रको विकासको आफुले सक्दो सहयोग गर्ने धारणा राखे । कार्यक्रममा कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल, संघका केन्द्रिय उपाध्यक्ष निरज पाण्डे, गोरख शाही, रेफ्री अम्र चन्द लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
काठमाडौँ। नेपालले ३७ वर्षपछि आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ।सोमबार राजधानीको दशरथ रंगशालामा आयोजित थ्री नेसन्स कपको उपाधि उचालेसँगै नेपालले ३७ वर्षपछि आफ्नै भूमीमा उपाधि उचालेको हो।
काठमाडौं । सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–२०७७ प्रतियोगिता चैत अन्तिममा हुने भएको छ । आयोजक जिल्ला सुनसरी डोरीतान संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २६ र २७ मा दुहवी नगरपालिका सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना हुने छ ।