Namaste Icon
Ad
Ad

खोइ कस्ले सुन्छ र ?

खोइ कस्ले सुन्छ र ?
डा,गोपाल पौड्याल "मण्डने"

म भन्छु
मेरो देश सम्बृद्ध बनोस्
यहाँ कोहि कसैलाइ कुनै कष्ट नहोस्
कहिल्यै कोहि अकालमा मर्नु नपरोस्
कुनै पनि रोगव्याधी नलागोस्
कुनै पनि किसिमका आँधीबेहरी नआवस्
कुनै पनि जलको भय नहोस्
यहाँ सधैं हेमन्तै हेमन्त आओस्
बशन्तै वसन्त आवस्
मेरो देश स्वर्ग झै होस्
यहाँका लेक र बेसिहरुमा
पुष्पकुसुमका बास्ना मग्मग होस्
यहि सगरमाथाको काखमा
मेरो देश सदा सुसज्जित रहोस् ।
भन्न त म सधै यसै भन्छु नि
तर
मेरो कुरा सुनिदिने को छ र यहाँ?


म फेरि पनि भन्छु
बाहुनको बिहेमा चमार पनि जन्ति लगियोस्
भोटे,पोडेहरु पनि मलामी हिडोस्
डुमले पनि गीता पाठ गरोस्
सार्कीले समेत सस्कृत पढेर पुजारी बनोस्
ब्राम्हण सङै भान्छामा एकै ठाउँ कामी पनि बसून्
मान्छे भन्ने मात्रै जात रहोस्
कुनै पनि किसिमको विभेद नरहोस्
छाउपडी तुरुन्तै बन्द गरियोस्
बादीहरुलाइ किनबेच नगरियोस्
हो बस यहि चाहन्छ मेरो मन।
तर खोइ कस्ले सुन्छ र यहाँ ?

अझ म त भन्छु
सबै नेपाली मिलेर खेतीपाती गरून्
गाउघर अन्न खेतिले लहलहावस्
मुलुकमा खाद्यान्न अभाव नहोस्
सबै हँसिखुशी सधैं प्रेममा बाँचून्
कसैको भोकमरिले भोको पेट नरहोस्
सबैले आफ्नो माया, प्रेम र सद्भाब सँगै
पसिना मुछेर यो देशको निर्माण गरुन्
असारे, झ्याउरे ,भजन, बालन,तिजका गित
द्यौसी भैलो मङ्सिरे र सोरठिका भाकाहरु घन्किउन्
सबैले आफ्नो टाउको लुकाउँने घर सहजै पाऊन् ।
तर मेरो कुरा यहाँ को सुन्छ र?

म सधै भनिरहन्छु !
सबैले शिक्षा प्राप्त गरून्
निरीह जनहरुको जिवन अन्धो नहोस्
कोही काम नपाएर बिदेश नपसून्
आफ्नो घरआगन र घरबारी आवाद् होस्
नेताहरुले आफ्नो कर्तब्य भुलेर नहिडुन्
जनता चाकडी चाप्लुसी र दलालिमा नलागुन्
सम्पुर्ण नेपालिहरुको भाग्य ज्योती बनेर चम्कोस्
सबै आ-आफ्नो कर्मपथमा हास्दै रमून् ।
नेताका गुलिया भाषणमा कोहि नभुलुन्
आफ्नो ब्रम्ह प्रयोग गरून्
जिवनभर झोले नबनुन्
तर खोइ कस्ले सुन्छ र यहाँ ।

डा. गोपाल पौड्याल "मण्डने"

Ad

सम्बन्धित समाचारहरु

रोबर्टका ४ मुक्तक

रोबर्टका ४ मुक्तक

१)

वशिष्ठको मदानी, सावित्रीको उनिउँको फूल र रत्न विरहीको समयको रुमाल एकैसाथ सार्वजनिक

ललितपुर। गोदावरी साहित्य परिषद्ले एकैपटक तीन पुस्तक लोकार्पण गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad