Namaste Icon
Ad
Ad

कर्णालीमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

कर्णालीमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

खगेन्द्र हमाल, सुर्खेत । कर्णाली प्रदेशकै लोकप्रिय चुली युवा क्लब सुर्खेत (मटेला) ले यहि चैत ११ गतेदेखि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा प्रथम चुली कप पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । निजि क्षेत्रबाट आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सफल पार्नका निमित्त प्रदेशका सम्पुर्ण बौद्धिक बुद्धिजीवी,ब्यापारी तथा आम जनसमुदायलाई चुली युवा क्लब सुर्खेतका अध्यक्ष महेश जिसीले सहयोगको लागि सल्लाह सुझाव प्रतिक्रियाको आवश्यक भएको बताए ।

चुलि युवा क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी दिंदै स्वास्थका लागि खेलकुद,सिङ्गो राष्ट्रका लागि खेलकुद,खेल खेलाडीका लागि र खेलाडी राष्ट्रका लागि भन्ने मुल उदेश्यका साथ प्रथम चुली कप २०७७ प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चैत ११ गतेदेखि १४ गतेसम्म बिरेन्द्रनगर सुर्खेतमा आयोजना गरिने अध्यक्ष जिसीले जानकारी दिए । ईच्छुक खेलाडीहरुके चैत ३ गतेदेखि १० गतेसम्म आफ्नो टिम दर्ता गराईसक्नु पर्ने र्टिम दर्ता शुल्क १०,००० रुपैयाँ रहेको छ।


उक्त प्रतियोगिता विजेतालाई दुई लाख, द्धित्तीय साढे एक लाख, तृतीय एक लाख र सान्त्ववनालाई पचास हजार पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष महेश जिसीले जानकारी दिए । त्यसैगरी खेलमा वेस्ट प्लेयर १५ हजार, वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, बेस्ट डिफेन्डर, वेस्ट सर्भर र वेस्ट कोचरलाई जनही सात हजार पाँच सयका दरले पुरस्कार दिइने भएको छ । उक्त प्रतियोगितामा देशभरिका क्लबहरु सहभागी हुन पाउने तर राष्ट्रिय टिममा रहेका खेलाडीहरु समावेश गर्न नपाइने अध्यक्ष जिसीले बताए।

प्रतियोगिता निजी क्षेत्र र व्यवसायीहरुबाट प्रायोजक राखेर सञ्चालन गर्न लागिएको रेफ्रि संयोजक अम्मरबहादुर चन्दले जानकारी दिए । चन्दका अनुसार खेल लिक कम नकआउट नियम अनुसार सञ्चालन हुने र यो प्रतियोगिताले खेलप्रेमिहरुलाई सकारात्मक संदेश दिने बताए । त्यसैगरी जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले सरकारी तवरबाट यस्तो प्रतियोगिता अहिलेसम्म आयोजना गर्न नसकिरहेको अवस्थामा क्लवले गरेको प्रतियोगिताले खेलकुदमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले यी प्रतियोगितालाई भब्यताका साथ सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए

Ad

सम्बन्धित समाचारहरु

३७ वर्षपछी आफ्नै भूमिमा नेपालले उचाल्यो अन्तराष्ट्रिय फुटबलको उपाधि

काठमाडौँ। नेपालले ३७ वर्षपछि आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ।सोमबार राजधानीको दशरथ रंगशालामा आयोजित थ्री नेसन्स कपको उपाधि उचालेसँगै नेपालले ३७ वर्षपछि आफ्नै भूमीमा उपाधि उचालेको हो।

तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–प्रतियोगिता चैत अन्तिममा

काठमाडौं । सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–२०७७ प्रतियोगिता चैत अन्तिममा हुने भएको छ । आयोजक जिल्ला सुनसरी डोरीतान संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २६ र २७ मा दुहवी नगरपालिका सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना हुने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad