# भर्खरै
Namaste Icon
Ad
Ad

राराको सतह घटेको आशंका, नाप्ने प्रविधि छैन

राराको सतह घटेको आशंका, नाप्ने प्रविधि छैन

काठमाडौँ। रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो ।

निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको थियो । ‘अहिलेको १० सेमि घटेको अनुमान छ तर नाप्ने मेसिन नहुँदा यकिन थाहा छैन,’ उनले भने, ‘सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ ।’

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्छन् । पर्याप्त हिमपात नहुँदा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनार पनि पहिलेभन्दा तल गएको बताए यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

Ad

सम्बन्धित समाचारहरु

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ । कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad