# भर्खरै
Namaste Icon
Ad
Ad

वैत्यश्वरमा बन्यो सहिद पार्क, १६ सहिदको सालिक स्थापना

वैत्यश्वरमा बन्यो सहिद पार्क, १६ सहिदको सालिक स्थापना

रशिला भण्डारी, दोलखा। दोलखा जिल्लामा पहिलो पटक सहिद पार्क स्थापना भएको छ । जनयुद्धमा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा दोलखा जिल्ला वैत्यश्वर गाउँपालिकामा उक्त पार्क स्थापना भएको हो ।

बागमती प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा ४५ लाखमा यो पार्क निर्माण भएको हो। यो वैत्यश्वर गाउँपालिकाको पाडुडांडाको २ रोपनी जग्गामा निर्माण भएको छ । दोलखा जिल्लाका ९ स्थानीय तह मध्य पहिलो पटक वैत्यशोर गाउँपालिकाले सहिद पार्क निर्माण गरेको छ ।

उक्त पार्क निर्माण गर्न बागमती प्रदेश सरकारले ४० लाख र स्थानीय सरकारले ५ लाख गरी ४५ लाख मा निर्माण भएको गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्यले जानकारी दिएका छन् ।

पार्कमा जनयुद्धमा सहिद बनेका बैतेस्वर गाउपालिकाका १५ जना र गौरीशंकर गाउँपालिकाका १ जना गरि १६ जना सहिद को सालिक निर्माण भएको निर्माण समितिका अध्यक्ष बालकुमार दाहालले बताए ।

वैत्यश्वर गाउँपालिकाकै १६ जना सहिदको सालिक राखिने भने पनि एक जना सहिदको फोटो उपलब्ध नभएको कारण १५ जना सहिदको मात्रै सालिक राखिएको अध्यक्ष दाहालको भनाई छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad