Namaste Icon
Ad
Ad

अनुदानको नाममा जिरी नगरपालिकाले किसानलाई यसरी झुक्यायो

५० प्रतिशत अनुदान भन्दै खरिद मूल्यभन्दा बढीमा किबीको विरुवा वितरण

अनुदानको नाममा जिरी नगरपालिकाले किसानलाई यसरी झुक्यायो

रशिला भण्डारी, दोलखा ।  जिरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा भन्दै खरिद मूल्य भन्दा बढी रकम लिएर नगरबासी किसानहरूलाई किबिको बिरुवा बितरण गरेको पाईएको छ ।

नगरपालिकाले ५०% अनुदान भन्दै प्रति बिरुवा १०० मा खरिद गरी किसानहरूलाई १५० रुपैया प्रतिगोटामा बितरण गरेको पाइएको छ। जिरी नगरपालिकाले शितोष्ण फलफुल रुट स्टक बिकास केन्द्र बिचबाट गरेको १००० किबिको बिरुवा किसानहरूलाई प्रतिगोटा १५० मा बितरण गरेको पाईएको हो।

जिरी नगरपालिकाले शितोष्ण फलफूल रुट स्टक केन्द्रबाट १००० किबिको बिरुवा १००००० मा खरिद गरेको थियो।केन्द्रबाट प्रतिगोटा १०० मा खरिद गरेको बिरुवा पनि किसानहरुलाइ ५०% अनुदान भन्दै १५० रुपैयामा खरिद गर्न बाध्य पारिएको किसानहरूको गुनासो छ ।

यद्यपि नगरपालिकाले भने नगरपालिकाले माग गरे बमोजिम बिरुवा रुट स्टक केन्द्रले उपलब्ध गराउन नसकेको र कोटेशनमा भन्ने निजि कम्पनिबाट खरिद गर्दा बढी मुल्य पर्न गरेकोले किसानले पनि बढी मुल्य तिर्नु परेको दाबी गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमका अनुसार ,रुट स्टक केन्द्रबाटभन्दा चार गुणा भन्दा बढी बिरुवा निजी कम्पनीबाट खरिद गरिएको र खरिद मूल्य नै बढी भएको कारण स्वत प्रतिगोटा मुल्य १५० पर्न गएको हो। बिरुवाको बितरण खरिद भन्दा बढी मुल्यमा गरिएको भन्ने कुरा गलत र अनावश्यक भ्रम फैलाइएको उनको भनाई छ ।

नगरपालिकाले करिब ६००० किबिको बिरुवा माग गरेपनी शितोष्ण फलफूल तथा रुट स्टक बिकास केन्द्रमा माग अनुसारको बिरुवा उपलब्ध नभएपछि बाँकी तिलोत्तमा हिमाली फुड रिसर्च सेन्टर बाट प्रतीगोटा ३०० को दरले ४००० हजार ५ सय ३४ बिरुवा खरिद गरिएको नगरपालिका कृषि शाखा प्रमुख विरेस जिरेलले बताए।

Ad

सम्बन्धित समाचारहरु

दुई करोडको लागतमा जिल्लामै पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।

‘अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइनेछ’

‘अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइनेछ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाउने बताएका छन । आज काठमाडौंको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै सो कुरा बताएका हुन । इतिहासले कहिलेकाहीँ मजाक गर्ने बताउँदै संविधान सभा सदस्य तथा राष्ट्रिय किसान आयोगका पूर्वअध्यक्ष समेत रहेका किसान नेता चित्रबहादुर श्रेष्ठले भने, ‘यतिबेला सर्वोच्च अदालतको फैसलाका आधारमा हाम्रो मातृ पार्टीको विभाजनसँग हामी पनि पूर्ववतः अवस्थामा फर्कन वाध्य भएका छौँ । यो इतिहासले हामीमाथि गरेको एउटा भद्दा मजाक हो । कहिलेकाँही इतिहासले पनि मजाक गर्दो रहेछ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad