Namaste Icon
Ad
Ad

नेपाल शिक्षक संघ डडेल्धुराको जिल्ला सभा सम्पन्न, शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता

नेपाल शिक्षक संघ डडेल्धुराको जिल्ला सभा सम्पन्न, शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता

डडेल्धुरा । नेपाल शिक्षक संघ डडेल्धुराको जिल्ला प्रतिनिधी सभा सम्पन्न भएको छ । संघको २१औं २२औं संयुक्त प्रतिनिधी सभाको नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालय किसुनजी भवनमा एक समारोहकाबीच उद्घाटन गर्दै नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य, संबिधान सभा सदस्य समाजवादी नेता मनमोहन भट्टराईले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता ब्यक्त गरे ।


विपन्न र मध्यम बर्गीय नेपालीहरुले आफ्ना बालबालिकाहरु सामुदायीक विद्यालयमा पढाईरहेको बताउनु हुँदै उँहाले अधिकांस नेपाली बालबालिकाहरुले अध्ययन गर्ने सामुदायीक विद्यालयमा निजी विद्यालयको तुलनामा शैक्षिक गुणस्तर कमजोर हुनु दुःखद भएको जिकिर गरे । नेता भट्टराईले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर उकास्न कार्यरत सबै शिक्षकहरुले इमान्दारिताका साथ प्रयत्नसिल हुनुपर्ने औल्याँए। कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले समाजमा व्याप्त अज्ञानता, अशिक्षा र अन्धविश्वासको जरो उखेल्न नेपाल शिक्षक संघ सम्वद्ध शिक्षकहरुले सदैव प्रयत्नसिल हुनुपर्ने बताए ।

जातीय विभेद, लैगिंक विभेद, घरेलु हिंसा, बलात्कार र निर्मम हत्या जस्ता जघन्य अपराधहरु समाजमा दिनहु बढ्दै गएको बताउदै सांसद मल्लले सामाजिक विकृतिका साथै अपराधिक कृयाकलापहरु न्युनीकरणका लागि शिक्षकहरुले अतुलनीय योगदान पुर्याउने बेला आईसकेको दाबी गरे । डडेल्धुरा जिल्लाका सातओटै स्थानीय तहमा प्रतिनिधी सभा सम्पन्न गरिसकेको नेपाल शिक्षक संघ डडेल्धुराले गतबर्ष कोरोना महामारीकासाथै अन्य आन्तरिक कारणले जिल्ला प्रतिनिधी सभा सम्पन्न गर्न नसकेकाले २१औं र २२औं जिल्ला प्रतिनिधी सभा सम्पन्न गरेको जनाएको छ ।

नेपाल शिक्षक संघ डडेल्धुराले जिल्लाभरिका प्रजातन्त्रमा आस्थावान शिक्षकहरुलाई गोलवद्ध गरेर शिक्षकहरुको हक हित संरक्षण सम्र्वद्धनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि लोकतान्त्रिक व्यवहारलाई जीवन पद्धतीका रुपमा आत्मसात गरिरहेको शिक्षक नेता अशोक बमले बताए। नेपाल शिक्षक संघ डडेल्धुराका सभापति कर्ण मडैको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Ad

सम्बन्धित समाचारहरु

वायु प्रदूषण बढेको भन्दै ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

नेराशिसं महालक्ष्मी नगरको अध्यक्षमा शेरबहादुर बस्नेत

ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संगठन महालक्ष्मी नगरपालिकाको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। लुभुमा सम्पन्न उक्त अधिवेशनले कालीदेवी माविका प्रधानाध्यापक शेरबहादुर बस्नेतको अध्यक्षतामा आगामी तीन वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमितिसमेत सर्वसम्मत रुपमा चयन गरेको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad