Namaste Icon
Ad
Ad

कोलोराडो बोल्डर शहरको गोलीकाण्डमा एक प्रहरी सहित दशजनाको निधन

कोलोराडो बोल्डर शहरको गोलीकाण्डमा एक प्रहरी सहित दशजनाको निधन

बीबीसी । अमेरिकामा कोलोराडो राज्यको बोल्डर शहरमा भएको एक गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित दशजनाले ज्यान गुमाएका छन्। एक बन्दुकधारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली चलाएका थिए।

मानिसहरूले जोगिन भागाभाग गर्नुपरेको बताएका छन्। माथिबाट खिचिएको दृश्यमा खुट्टा रगतपच्छे भएका एक व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर लगिरहेको देखिन्छ।

प्रेस सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एकजना सन्दिग्ध व्यक्ति हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको बताएका छन्। उक्त घटना स्थानीय समय दिउँसोको साढे दुई बजेतिर भएको थियो जब उक्त सन्दिग्ध व्यक्तिले किङ् सुपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाए।

सो घटनालाई प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष लाइभ स्ट्रिमिङ् गरेका थिए। गत महिना राष्ट्रपति जो बाइडनले हतियार खरिद गर्न चाहनेहरूको पृष्ठभूमिबारे कडाइपूर्वक जाँच गर्नेगरी कानुन ल्याउन सिफारिस गर्ने बताएका थिए।

Ad

सम्बन्धित समाचारहरु

विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर गत २४ घण्टामा कूल पाँच लाख ७४ हजार ७५३ जना नयाँ कोरोना सङ्क्रमित थपिएको वर्ल्डओमिटर्सले जनाएको छ। यससँगै विश्वभर हालसम्मको कूल सङ्क्रमितको सङख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। गत २४ घण्टामा भारतमा सर्वाधिक एक लाख १५ हजार २६९ मा सङ्क्रमण देखिएको छ।

पाकिस्तानमा चिनी किलोको रु १६०

पाकिस्तानमा चिनी किलोको रु १६०

एजेन्सी । दक्षिण एसियाली मुलुक पाकिस्तानमा चिनीको अभाव भएको छ। बजारमा पाकिस्तानी रूपैयाँ १६० मा चिनी बेच्न थालिएको छ । भारतसँग चिनी खरिद सम्झौता हुन नसकेपछि त्यहाँ अभाव हुन थालेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad