Namaste Icon
Ad
Ad

चौघरेका किसानले पाए अनुदानको आधुनिक कृषि सामग्री र तरकारीको बीउ

चौघरेका किसानले पाए अनुदानको आधुनिक कृषि सामग्री र तरकारीको बीउ

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुर इकाई कार्यालयबाट ५० प्रतिशत अनुदानमा प्राप्त आधुनिक कृषि सामाग्रीहरु तथा तरकारीको बीउ कोञ्ज्योसोम गाउँपालिका,१ चौघरेका २०० बढी किसानलाई वितरण गरिएको छ।

चापागाउँमा अवस्थित उज्यालोकिरण साना किसान कृषि सहकारीसंगको समन्वयमा सोमबार चौघरेमा आयोजित एक कार्यक्रममा कोञ्ज्योसोम गाउँपालिका प्रमुख गोपीलाल सिंतान, उपप्रमुख मिङ्ग्मा लामा, परियोजनाका भक्तपुर इकाई प्रमुख टिकाराम शर्मा, सहकारी संस्थाका प्रमुख बद्रीप्रसाद घिमिरे,वडाध्यक्ष सन्तलाल लामा लगायतको उपस्थितिमा २०० किसानलाई फर्सी, काँक्रो,काउली, बन्दा गोलभेंडा लागयतका तरकारीको बीउ,१००० लिटरको ड्रम २० जनालाई,घाँस कुड्क्याउने चेपकटर १० जनालाई,७ हर्स पावरको ट्रयाक्टर २ जनालाई,डिजिटल काँटा,स्प्रे कृषकको माग अनुसार नै सहकारी संस्थाको सिफारिस र निवेदनको आधारमा उपलब्ध गराईएको हो।

बीउबीजन तथा सामग्री वितरण गर्दै गाउँपालिका प्रमुख सिंतानले बीउबिजन र आधुनिक कृषि सामग्री प्राप्त गरेपछि किसानको व्यवसायमा विस्तार र जीवनस्तरमा सुधार आउनैपर्ने भन्दै पाएको सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे। शिक्षा र विकासको दृष्टिकोणबाट पछाडी परेको चौघरेमा यस्ता किसिमका अनुदानका कार्यक्रम र आधुनिक कृषि सामग्री वितरणले परिवर्तनमा सहयोग पुग्ने सिंतानको भनाई थियो। साथै उनले कोञ्ज्योसोम गाउँपालिकामा स्थानीय सरकार आएपछि यथेष्ट सडक संजालहरु निर्माण भएकोले अब नयाँ सडक संजालको योजना आवश्यक नपर्ने भएकाले अबका योजनाहरु कृषि व्यवसायकै विकास, विस्तार र आधुनिकीकरणमा केन्द्रित हुनुपर्नेमा प्रमुख सिंतानले जोड दिएका छन्।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको भक्तपुर इकाई कार्यालय प्रमुख टिकाराम शर्माले परियोजनाको जोन कार्यक्रमले किसानलाई तरकारीको नर्सरीमा बेर्ना उत्पादनदेखि लिएर त्यसको बजारीकरण गर्नेसम्मको कुरामा सहयोग गर्ने बताए। कृषि उपज र तरकारी उत्पादन पछि संकलन केन्द्र निर्माण गराउन सहयोग गरिने र त्यसको लागि पनि सहकारी संस्थासंगकै समन्वय र सहकार्यमा काम गरिने शर्माको भनाइ थियो। परियोजनाले हाल भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौँको शंकरापुर नगरपालिकालाई आलु जोन तथा ललितपुरको गोदावरी नगरपालिकाका वडा नं ३, ५, ६,७, ८, ९,१२, कोञ्ज्योसोम गाउँपालिकाका वडा नं १, २, ३ र बागमती गाउँपालिकाका वडा नं १ र २ लाई तरकारी जोनको रुपमा घोषणा गरी अगाडी बढाएको छ।

चौघरेका वडाध्यक्ष सन्तलाल लामाले कृषि सामग्रीमा अनुदान जस्ता कार्यक्रमले कृषि पेसालाई आधुनिक र व्यवसायिक बनाउन बल पुर्याउने भएकाले वडाको समृद्धिमा थप बल पुग्ने बताए। यसको लागि समन्वय गर्ने सहकारी संस्था र अनुदान उपलब्ध गराउने परियोजनालाई उनले धन्यवाद ज्ञापन गर्दै कृषकलाई पाएका सामग्रीको सही सदुपयोग नगरे भविष्यमा यस्ता अवसर नआउने तर सही सदुपयोग भए गाउय्न्पालिका बाट पनि यस्ता अनुदानका कार्यक्रमहरु उपलब्ध गराउन सकिने वडाध्यक्षको भनाई थियो।

मुख्य गरी कोञ्ज्योसोम गाउँपालिकालाई नै कार्यक्षेत्र बनाई सदस्य कृषकहरुको आर्थिक व्यवसायिक हितका लागि काम गरिएको उज्यालोकिरण साना किसान कृषि सहकारी संस्थाले यसअघि शंखु,नल्लु, भारदेउका किसानलाई पनि प्रधानमन्त्री कृषि आधुनुकीकरण परियोजना र कृषि ज्ञान केन्द्र ललितपुर बाट उपलब्ध गराईएको यस किसिमका कृषि सामग्रीहरु र बीउबीजन वितरण गरेको छ भने अब केही दिनमा दलाचोकीमा वितरण गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष बद्री घिमिरेले जानकारी दिएका छन्।

Ad

सम्बन्धित समाचारहरु

दुई करोडको लागतमा जिल्लामै पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।

‘अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइनेछ’

‘अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइनेछ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाउने बताएका छन । आज काठमाडौंको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै सो कुरा बताएका हुन । इतिहासले कहिलेकाहीँ मजाक गर्ने बताउँदै संविधान सभा सदस्य तथा राष्ट्रिय किसान आयोगका पूर्वअध्यक्ष समेत रहेका किसान नेता चित्रबहादुर श्रेष्ठले भने, ‘यतिबेला सर्वोच्च अदालतको फैसलाका आधारमा हाम्रो मातृ पार्टीको विभाजनसँग हामी पनि पूर्ववतः अवस्थामा फर्कन वाध्य भएका छौँ । यो इतिहासले हामीमाथि गरेको एउटा भद्दा मजाक हो । कहिलेकाँही इतिहासले पनि मजाक गर्दो रहेछ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad