Namaste Icon
Ad
Ad

हरहालतमा एमालेको एकतालाई बचाउनुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ

हरहालतमा एमालेको एकतालाई बचाउनुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ
बिष्णु रिजाल, नेता – नेपाल कम्युनिस्ट पार्टी एमाले

यति कुरा प्रस्ट छ :

१. आजको नेकपा (एमाले) निर्माणमा माधवकुमार नेपालको योगदान सधैँ अग्रणी र नेतृत्वदायी छ । ०३१ सालमा कोअर्डिनेसन केन्द्रको स्थापना गर्दै ०३५ मा नेकपा (माले) का रुपमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र ०४७ मा नेकपा (एमाले) निर्माण गरेर त्यसको नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा उहाँ एमाले धाराको प्रमुख नेताका रुपमा स्थापित हुनुहुन्छ । त्यसैले आज कसैले माधव नेपालबिनाको नेकपा (एमाले) को कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित एमाले मात्र हुन्छ ।


२. आफ्नो पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरुलाई निष्काशन गरेर र अर्को पार्टीबाट मन्त्रीमा आएकाहरूलाई साथमा लिएर बलियो एमाले बन्छ भनेर कसैले सोच्छ भने त्यसमा भन्नु केही छैन । तर, यति कुरा प्रस्ट छ, यसले एमालेलाई गहिरो गरी विभाजित गर्दछ र विभाजन गर्ने नेताहरुको नेतृत्वमा यसको क्षतिपूर्ति गर्न सम्भवै छैन ।


३. तत्कालीन पार्टी नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेको र सडक आन्दोलन समेत चलेको बेला भएका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टीकरणमार्फत कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा हो । तसर्थ, स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यस प्रकरणलाई एक दुःखद अध्यायका रुपमा यही समाप्त गर्नुपर्छ ।


४. नेकपा (एमाले) को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरु बन्द गर्नुपर्छ । फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनर्स्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जेजे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्छ ।


५. अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) को सरकारलाई बाँकी दुई बर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध हुनुपर्छ र अरु पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चित गर्नुपर्छ ।


६. हरहालतमा नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ । यसका लागि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ ।

-नेता रिजालको फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

निरज कालिका । नेपालको राजनीति हेरेर मात्रै बुझ्न सकिँदैन । राजनीतिभित्र हरेक विषयहरु पर्दछन । प्रसिद्व लेखक क्रिनसको ईन्टरसेक्सनालिटीको आधारलाई लिएर राजनीति बुझ्न सकिन्छ । कुनै पनि विषय पूर्ण बन्न अन्य तत्वहरुले भूमिका खेलेको हुन्छ । त्यस्तै, राजनीतिक विषय पूर्ण बन्नका लागि धेरै तत्वहरुको आवश्यकता पर्दछ । जस्तै समाज, विज्ञान, अध्ययन, प्रविधि , राजनीतिकदल, अड्डाअदालत, प्रशासन, धर्म, संकृति आदि तत्वको आवश्यकता पर्दछ । यस्ता कैयौं विषयहरूले राजनीति विषय निर्माण गर्ने गर्दछन । खाली नेताहरुलाई मात्र हेरेर राजनीति बुझ्न सकिँदैन र पूर्ण हुँदैन । समाजका मानिस, सलाकार, स्वयं नेता पनि कस्ता छन ? यी कुरा पनि बुझ्न जरुरी हुन्छ । यी बाहेक पनि विभिन्न कुराहरूको आफ्नै नियम हुन्छ । जस्तो विज्ञानको नियम, बजारको नियम, समाजको नियम, धर्मको नियम, संस्कृतिको आदिको आफ्नै नियम हुन्छ । त्यस्तो धेरै विषयहरूको विभिन्न नियम हुन्छ । जसले राजनीति निर्माण गर्छ ।

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

डा. डिला संग्रौला । लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad