# भर्खरै
Namaste Icon
Ad
Ad

भिटोफ नेपालको महासचिवमा शिव पौडेलको उम्मेदवारी, सहमतिमा नभए चुनावमै जान तयार

भिटोफ नेपालको महासचिवमा शिव पौडेलको उम्मेदवारी, सहमतिमा नभए चुनावमै जान तयार

काठमाडौं । पर्यटन ब्यबसायीहरुको गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ नेपाल) को २४औं निर्वाचन यहि चैत्र २० गते राजधानीको ठमेलमा हुने भएको छ । पर्यटन ब्यवसायिहरुको हक हित तथा ग्रामिण पर्यटन बिकासकालागि निरन्तर काम गर्दै आएको संस्था हो भिटोफ नेपाल । चुनाब नजिकिदै गर्दा पर्यटन हब ठमेलमा यतिबेला चुनाबि चहलपहल बढेको छ। यस सगै ब्यवसायिहरुले विभिन्न पदमा उम्मेदवारी दिन थालेका छन ।

यसै बिच पर्यटन ब्यवसायि पर्यटन ब्यवसायिहरुको छाता संस्था (निट) को तर्फबाट युवा पर्यटन ब्यवसायि शिव पैडेलले महासचिव पदका लागि उम्मेदवारी दिएका छन । पौडेलले तनहुँ पुगेर तनहुँ पर्यटन प्रवर्द्धन समाजले आयोजना गरेको २ दिने अवलोकन तथा पर्यटन प्रवर्द्धन भ्रमण कार्यक्रमका बिच उम्मेदवारी घोषणा गरेका हुन।

नेपाल लायन टुर एन्ड ट्रेकका संचालक समेत रहेका पौडेल महासचिव पदका प्रमुख दावेदार मानिन्छन् । पर्यटन क्षेत्रमा १२ बर्ष बिताइसकेका पौडेलले आफु निर्वाचित भएपछि अहिले सम्म संघमा भएका बेथितिलाइ निराकरण गर्दै ग्रामीण पर्यटन बिकासका लागि महत्त्वपूर्ण योगदान गर्ने बताए । पौडेलले सहमति र सहकार्यबाटै अघाडि बढ्ने आफ्नो चाहाना भएको र यदि सहमति हुन नसके मैदानबाटै आउन पनि तयार भएको बताए।

Ad

सम्बन्धित समाचारहरु

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ । कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad