Namaste Icon
Ad
Ad

हामी कांग्रेसमय चिङ्गाड गाउँपालिका बनाउने अभियानमा छौं : युवा नेता शर्मा

हामी कांग्रेसमय चिङ्गाड गाउँपालिका बनाउने अभियानमा छौं : युवा नेता शर्मा
नेपाली कांग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशका युवा नेता डोरप्रशाद शर्मा

नेपाली कांग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशका युवा नेता डोरप्रशाद शर्माले आफूहरु कांग्रेसमय चिङ्गाड बनाउने अभियानमा जुटिसकेको बताएका छन । नेपाली जनता र राष्ट्रलाई माया गर्ने पार्टी नेपाली कांग्रेस भएकाले चिङ्गाडबासी जनता र नेपाली कांग्रेस बीचमा सम्बन्ध नङ र मासुको जस्तो रहेकोले जनताको साथ फेरि पनि कांग्रेसलाई नै रहने उनले बताए । नेता डोरप्रशाद शर्मा सँग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सारसंक्षेपः


चिङ्गाड गाउँपालिकामा शैक्षिक क्षेत्रको स्तर उन्नति र स्वास्थ्यमा के–के परिवर्तन भएको छ ?

पालिका भित्र एक कक्षा देखि तीन कक्षा सम्मका विद्यार्थीहरु लाई पोषणयुक्त खानेकुराको राम्रो व्यवस्था भएको छ । छापामार कक्षाहरु संचालन भएका छन। विद्यार्थीहरुलाई बस्नको कार्पेट टेवुलहरुको राम्रो बन्दोबस्त गरिएको छ । त्यसैगरी स्वस्थ्य क्षेत्रमा भन्नुपर्दा बिगतभन्दा अहिले धेरै सुधार देखिएको छ । वडा न ३ मा एम्बुलेन्सयुक्त स्वस्थ्य सेवा प्रवाह भईरहेको छ । वडा न ३ को स्वास्थ्य चौकिमा माननीय धुर्वकुमार शाहीको पहलमा सो एम्बुलेन्स स्वस्थ्य चौकिले प्राप्त गरेको थियो।त्यसको लागि माननीय धुर्व कुमार शाही प्रती उच्च सम्मान प्रकट गर्न चाहान्छु । त्यसैगरी पालिकामा सुविधा सम्पन्न अस्पताल निर्माणका लागि सिलन्यास भएको छ।अवलचिङ्ग र मटेला ३ बाहेक बाकी वडाहरुमा एम्बुलेन्स सेवा सुचारु नभएको अवस्था छ।


सिचाई तथा खानेपानी क्षेत्रमा के–के परिवर्तन भए ?

चिङ्गाड गाउँपालिकाले सिचाइ तथा खानेपानीको जुन बिगतमा समस्या थियो त्यो समस्याबाट हामी पार गर्दैछौ । खानेपानीको बारेमा भन्नैपर्दा पालिकाका सबै वडाहरुमा एकघर एकधारा अवधारणा ल्याउने कार्यक्रम सम्पन्न भएको छ । बिगतमा घण्टौं लाईनमा बसेर पनि पानी नपाउने अवस्था थियो आज त्यो अवस्था चिङ्गाड गाउँपालिकाले पार गरेको छ।

 

विद्युत निर्माण कार्य कहाँसम्म पुग्यो ? कहिलेसम्म चिङ्गाडबासीहरुले बिजुली बाल्न पाउछन ?

विद्युत निर्माणको काम तिब्र गतिमा अगाडि बढिरहेको छ । पालिका भित्रका सबै वडाहरुमा प्राविधिक मापदण्ड रहित विद्युतीय पोलहरु गाडिएको छ । अहिले लाईन खिच्ने काम भईरहेको छ र केही प्राविधिक कामहरु भईरहेकोले आगामी ६ महिना भित्र सम्पूर्ण निर्माण कार्य सकिन्छ । चिङ्गाडवासीहरुले केही समयभित्र उज्यालो चिङ्गाड देख्न पाउने छन ।

 

भौतिक पूर्वाधारमा के के परिवर्तन भएका छन ?

मटेला धनपानी बाहेक पालिका भित्रका सबै वडाहरुमा सडकको ट्र्याक खोलिएको छ । कच्ची बाटो भएकोले बर्षादको समयमा सडक अवरुद्ध भएपनि बर्षाद रोकिए सँगै पालिकाले अवरुद्ध सडकहरुलाई संचालनमा ल्याउनको लागि आवस्यक पहलकदमी गर्दै आएको छ।सडकको स्तर उन्नतिका निम्ति कालोपत्रे गर्नुपर्ने भएकोको गाउँपालिका यो बारेमा आगामी दिनमा एउटा निचोडमा पुग्नेछ भन्नेमा म एकदमै विश्वासमा छु।

 

पर्यटन तथा खेलकुदको स्तर उन्नती के कस्तो भएको छ ?
पर्यटनको हिसाबले हेर्दा चिङ्गाडकै गौरवमय सान मालिकाको परिसरमा भर्याङ निर्माण भएको छ । प्रतिक्षालयको व्यवस्था गरिएको छ । खानेपानीको लागि घैंटोको व्यवस्था र मालिकासम्मा जानको लागि सडक निर्माण भएको छ। खेलकुद क्षेत्रको स्तर उन्नतिका लागि चिङ्गाड गाउँपालिकाले सबै राजनीति दल, खेलप्रेमी साथिहरु लगायतका बुद्धिजीवी बर्गहरुसंग छलफल गरेर कसरी चिङ्गाडको खेलकुद क्षेत्रको स्तर उन्नति गर्न सकिन्छ भन्ने बारेमा छिट्टै नै एउटा बिशेष रणनीति अपनाउने छ । चैत महिना भित्र हामी यसको एउटा निचोडमा पुग्ने छौ।

 

मुलुकमा यतिबेला कम्युनिस्टहरुका विभिन्न गुटहरु भइरहेका छन, नेपाली कांग्रेस भित्र पनि दुईवटा गुट देखिएका छन तपाई कांग्रेस भित्र कुन गुटमा हुनुहुन्छ ?

कम्युनिस्ट जस्तो कांग्रेसमा गुटको राजनीति हुदैन । पार्टी भित्र केही बैचारिक राजनीतिक संघर्ष हुनुसक्छन । त्यो स्वभाविक हो, तर कम्युनिस्टहरु जस्तो, प्रचण्ड गुट, माधव गुट, विप्लव गुट, ओली गुट जस्ता धेरै गुटहरु कांग्रेसमा छैनन र हुदैनन पनि । राष्ट्रिय मेलमिलापको अवधारणा ल्याउने नै नेपाली कांग्रेस भएकोले कांग्रेसमा कुनै गुट फुटको राजनीति हुदैन । हामीमा मेलमिलापको भावना छ यसलाई जिवित राक्न नेपाली कांग्रेस प्रतिबद्ध छ ।

 


पटकपटक कम्युनिस्टको लालकिल्ला भनेर सम्बोधन गर्ने चिङ्गाड गाउँपालिकालाई गत निर्वाचनमा कम्युनिस्टहरुको किल्ला तोड्न त कांग्रेस सफल भयो अब यहि यात्रा कांग्रेसले जारी राख्छ कि आराम गर्छ ?

राजनीतिमा आराम गर्ने भन्ने हुदैन र नेपाली कांग्रेस आराम गरेर बस्ने पार्टी पनि होईन । हाम्रो राजनीतिक यात्रा निरन्तर जारी छ र नेपाली कांग्रेसले अवधारणा ल्याएको समाजबाद लक्ष्य प्राप्त गर्ने कार्यदिशामा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढिरहेको छ । चिङ्गाड बासिहरुको पनि कांग्रेसलाई भरपुर साथ र समर्थन रहेकोले आगामी निर्वाचनमा कम्युनिस्टहरुलाई खोज्नुपर्ने स्थिति नआउला भन्न सकिन्न । यो राष्ट्रलाई छातिमा हात राखेर माया गर्ने कोहि छन भने कि त त्यो नेपाली कांग्रेस हुनुपर्छ कि त नेपाली जनता नै अन्य दलबाट यो संभावना छैन। त्यसैले हामी कांग्रेसमय चिङ्गाड गाउँपालिका बनाउने अभियानमा छौ । एकजुट भएर फेरि उठ्छौ, रि जित्छौ र समाजबादको कार्यदिशा निर्माण गर्न हामी आत्तुर छौ ।

Ad

सम्बन्धित समाचारहरु

फोटोग्राफीमा वेडिङ विधा नै रोज्नुको कारण के हो ? (भिडियो अन्र्तवार्ता)

फोटोग्राफीको क्षेत्रमा पछिल्लो समय निकै चर्चित नाम फोटो पसलले फोटोग्रफीलाई अझैं राम्रो व्याावसायिक बनाउन सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तथा फोटो सम्बन्धी बहस छलफल गर्दै आइरहेको छ । फाेटाेग्राफीमा नविनतम परिवर्तनका लागी सन् 1983 Aug 27th जन्मिएका फाेटाेग्राफर जसलाइ हामीले व्यवसायीक रूपमा नेपाली विवाह फाेटाेग्राफिमा नविनतम साेच ल्याउन सफल फाेटाेग्राफरकाे रूपमा चिनेका छाै । उनी शुरूका दिनमा Channel Nepal Television आफ्नो व्यवसायीक फाेटाेग्राफि गर्दै अहिले Wedding Diary Nepal का Founder, ECS Media मा Fromer Photographer रहेर काम गरि रहेका छन । व्यवसायीक विवाह फाेटाेग्राफिमा धेरै फाेटाेग्राफर उत्पादन गर्न सफल एवं धेरैलाइ स्वराेजगारि दिन सफल फाेटाेग्राफर सह्नावाज मुहमद Shahnawaz Mohammad सँग फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले गरेको कुराकानीः

सरकारी कर्मचारीलाई जनताले दुख गरि तिरेको करबाट हैन, आफ्नै तलबबाट गाडि किन्न लाउ ! सरकार

यातायात अभियन्ता प्रेमबहादुर थापाले सरककारी कर्मचारीलाई गाडि पनि तलब पनि, भत्ता पनि, ससुराली जाँदा पनि सरकारी गाडि प्रयो गर्ने तर सर्वसाधारण भने पुल नभएर खोलाले बगाएर, अस्पत्ताल नभएर मर्नु पर्ने अवस्था कहिले सम्म ? भन्दै प्रश्न गरेका छन । दर्पण दैनिकसँग कुरागर्दै उनले अर्थमन्त्री तथा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad