Namaste Icon
Ad
Ad

राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । विभागले अनुसन्धान रिक्त रहेको अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना, सहायक सूचक ५१ गरि जम्मा १०४ जना कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका अनुसन्धान अधिकृतका लागि २१ वर्ष पुरा भई पुरुषको हकमा २५ र महिलाको हकमा ३० वर्ष ननाघेका, अनुसन्धान सहायक पदका लागि १८ वर्ष पुरा भई पुरुषको हकमा २५ र महिलाको हकमा ३० वर्ष ननाघेका र सहायक सुचक पदका लागि १८ वर्ष पुरा भई २५ वर्ष नानाघेका नेपाली नागरिकले दरखास्त फारम बुझाउन सक्नेछन् ।

दरखास्त फारम राष्ट्रिय अनुसन्धान विभागको वेभसाइटबाट भर्न सकिने छ । दरखास्त फारम चैत्र १३ गतेबाट बैशाख १२ गते अर्थात डबल दसतुर तिरेर बैशाख १९ गतेसम्म भर्न सकिने विभागले जनाएको छ ।

यता छ सुचना click here

 

Ad

सम्बन्धित समाचारहरु

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

लण्डन । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार पत्र पठाएका हुन् ।

विश्व हिन्दु गौरक्षा जागरण अभियानले सरकारलाई दियो कडा चेतावनी

काठमाडौं । विश्व हिन्दु गौरक्षा जागरण अभियान सुदुरपश्चिम प्रदेशले प्रदेशका मुख्यमन्त्री लगायत सबै मन्त्रालयमा १२ बुँदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको संस्थाका अध्यक्ष चक्रदेव जोशीले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad