Namaste Icon
Ad
Ad

नेराशिसं महालक्ष्मी नगरको अध्यक्षमा शेरबहादुर बस्नेत

नेराशिसं महालक्ष्मी नगरको अध्यक्षमा शेरबहादुर बस्नेत

ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संगठन महालक्ष्मी नगरपालिकाको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। लुभुमा सम्पन्न उक्त अधिवेशनले कालीदेवी माविका प्रधानाध्यापक शेरबहादुर बस्नेतको अध्यक्षतामा आगामी तीन वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमितिसमेत सर्वसम्मत रुपमा चयन गरेको छ।

समितिको महिला उपाध्यक्षमा प्रभालक्ष्मी अमात्य ,उपाध्यक्षमा अम्बिका श्रेष्ठ सचिवमा दामोदर आचार्य ,सहसचिवमा शान्ति कुमारी विष्ट कोषाध्यक्षमा होमनाथ बास्तोला सहकोषाध्यक्षमा बसुधा घिमिरे रहेका निर्वाचन कमिटि संयोजक भरतबाबु खनालले जानकारी दिएका छन्।

अधिवेशनमा प्रस्तुत सांगठनिक तथा आर्थिक विवरण समेत स्वीकृत भएको छ ।अधिवेशनमा शिक्षक महासंघ महालक्ष्मीका अध्यक्ष मिन बहादुर अक्षामी ,प्याब्सन महालक्ष्मी अध्यक्ष केके मल्ल ठकुरी लगायतका वक्ताहरुले शिक्षकका पेशागत विकासमा निरन्तर लाग्नुपर्ने , सामुदायिक विद्यालयका शिक्षक प्रतिका दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएका थिए।शिक्षक हित साकोसका उपाध्यक्ष शुक्र थापाले शिक्षकका दुखमा शिक्षकहित साकोस रहने प्रतिबद्धता व्यक्त गरे ।शिक्षक महासंघ ललितपुरका सचिव देवीप्रसाद दुलालले महासंघ अगाडि बढन सोचे जस्तो नभएको र स्थानीय सरकारले सहजै नलिएकोले समस्या देखा परेको बताए ।

कार्यक्रममा निरन्तर संगठनमा लाग्ने देखि पूर्व जिम्मेवार व्यक्तिलाई सम्मान तथा कदर पत्र समेत हस्तान्तरण गरिएको थियो ।प्रमुख अतिथिसमेत रहेका शिक्षक संगठन ललितापुरका अध्यक्ष सुरेन्द्रकुमार घिमिरेले शिक्षकको पहिलो जिम्मेवारी कक्षाकोठा ,दोस्रो संगठन निर्माण हुने भन्दै राजनैतिक उत्तरचढावमा संगठनलाई प्रभाव नपार्ने भएकाले ढुक्कसँग लागिपर्न आग्रह गरे ।साथै उनले स्थानीय तहका संरचना बलियो हुनुपर्ने ,शिक्षाका अधिकार अनुरुप नै आफु जिम्मेवारीमा रहनु पर्ने समेत बताए ।

संगठनका जिल्ला सदस्य एवम् महालक्ष्मी अधिवेशन संयोजक कृष्णप्रसाद घिमिरेले कार्यक्रमको संयोजन गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

वायु प्रदूषण बढेको भन्दै ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

जसले मृत्युशय्यामा पुगेको औषधि उद्योगलाई नयाँ जीवन दिए

काठमाडौं । सरकारले अहिले पनि वर्षौँदेखि बन्द सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याउने बताइरहेको छ। केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुनेबित्तिकै बन्द अवस्थामा रहेका उद्योगहरुलाई सञ्चालन गर्ने बताए पनि अहिलेसम्म कसरी सञ्चालन गर्ने स्पष्ट पार्न सकेका छैनन्। न त त्यसको कुनै छनक नै देखिएको छ। यसअघिका उद्योगमन्त्री मातृका यादवले सञ्चालन गर्न नखोजेका होइनन्, तर उनलाई प्रधानमन्त्री ओलीले पर्याप्त तयारी गर्न नसकेको आरोप लगाउँदै पदबाट हटाइदिए। त्यसपछि लेखराज भट्ट उद्योगमन्त्री भए। उनले फेरि बन्द अवस्थाका रुग्ण उद्योग पुनः सञ्चालन गर्न सकिने नसकिनेबारे अध्ययन गर्न लगाएका थिए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad