वायु प्रदूषण बढेको भन्दै ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताएका हुन् । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।
ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संगठन महालक्ष्मी नगरपालिकाको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। लुभुमा सम्पन्न उक्त अधिवेशनले कालीदेवी माविका प्रधानाध्यापक शेरबहादुर बस्नेतको अध्यक्षतामा आगामी तीन वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमितिसमेत सर्वसम्मत रुपमा चयन गरेको छ।
काठमाडौं । सरकारले अहिले पनि वर्षौँदेखि बन्द सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याउने बताइरहेको छ। केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुनेबित्तिकै बन्द अवस्थामा रहेका उद्योगहरुलाई सञ्चालन गर्ने बताए पनि अहिलेसम्म कसरी सञ्चालन गर्ने स्पष्ट पार्न सकेका छैनन्। न त त्यसको कुनै छनक नै देखिएको छ। यसअघिका उद्योगमन्त्री मातृका यादवले सञ्चालन गर्न नखोजेका होइनन्, तर उनलाई प्रधानमन्त्री ओलीले पर्याप्त तयारी गर्न नसकेको आरोप लगाउँदै पदबाट हटाइदिए। त्यसपछि लेखराज भट्ट उद्योगमन्त्री भए। उनले फेरि बन्द अवस्थाका रुग्ण उद्योग पुनः सञ्चालन गर्न सकिने नसकिनेबारे अध्ययन गर्न लगाएका थिए।