३७ वर्षपछी आफ्नै भूमिमा नेपालले उचाल्यो अन्तराष्ट्रिय फुटबलको उपाधि

काठमाडौँ। नेपालले ३७ वर्षपछि आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ।सोमबार राजधानीको दशरथ रंगशालामा आयोजित थ्री नेसन्स कपको उपाधि उचालेसँगै नेपालले ३७ वर्षपछि आफ्नै भूमीमा उपाधि उचालेको हो।
यसअघि नेपालले १९८४ मा दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबलको उपाधि यसै दशरथ रंगशालामा उचालेको थियो। त्यसयता स्वदेशमा नेपाली राष्ट्रिय टोलीले उचालेको यो दोस्रो उपाधि हो। थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई फाइनलमा २-१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। सिनियर टोलीले २०१६ को सोलिडारिटी कपपछि पहिलो उपाधि जितेको हो।
समग्रमा नेपाली राष्ट्रिय टोलीको यो पाँचौ अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि नेपालले १९८४ र १९९३ को सागसँगै २०१६ मा बंगबन्धु गोल्डकप र सोलाडिरीटी कपको उपाधि जितेको थियो। सोमबार बंगलादेशविरुद्धको फाइनलमा नेपालका लागि सन्जोग राई र विशाल राईले समान एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएका थिए।
१९ औं मिनेटमा सुनिल बलको कर्नरलाई बंगलादेशी डिफेन्डरले क्लियर गर्न नसकेपछि बल सन्जोगको खुट्टामा गएको थियो। सन्जोगले विपक्षी खेलाडीलाई छलाउँदै नजिकैबाट गरेको प्रहारले जाली चुम्यो। त्योसँगै नेपालले विगत ७ खेलमा रहेको गोल खडेरी समेत तोड्यो। २०१९ को सप्टेम्बरयता भएका ७ खेलमा नेपालले गोल गर्न सकेको थिएन।
४२ औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे। सन्जोगले मिलाएको पासमा विशालले बंगलादेशी गोलरक्षकसँग वान भर्सेस वानको पासमा गोल गरेका थिए। ८३औं मिनेटमा परिवर्तित खेलाडी मेहबरर रेहमानले एक गोल फर्काएका थिए। कप्तान जमल भुयाँको कर्नरमा रहेमानले हेडिङ गोल गरेका थिए।
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भएको खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टोली सहभागि थियो। बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा पुगेका थिए।
काठमाडौं । सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–२०७७ प्रतियोगिता चैत अन्तिममा हुने भएको छ । आयोजक जिल्ला सुनसरी डोरीतान संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २६ र २७ मा दुहवी नगरपालिका सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना हुने छ ।
सुर्खेत । कर्णाली प्रदेशमै सर्वाधिक पुरुस्कार राशिको प्रदेशस्तरीय भलिबल प्रतियोगितामा नेपाल आर्मीले विजयी शुरुआत गरेको छ । बुधबार भएको उद्घाटन खेलमा आर्मीले सल्यानको कुपिन्डे क्लबलाई ३–१ को सेटमा हराउँदै पहिलो जित दर्ता गराएको हो । आर्मीले पहिलो सेटमा सल्यानलाई २५–२१ मा हराउँदा दोस्रो सेटमा भने सल्यानले आर्मीलाई २५–२२ ले पछि पार्दै खेल बराबरीमा पु¥याउन सफल भएको थियो । आर्मीले पुनः सल्यानलाई तेस्रो र चौथो सेट २५– १९ र २५– २२ मा पाखा लगाउँदै दुई अंक जोड्न सक्यो ।