नख्खुमा बर्ड फ्लुः डेढ हजार बढी पशुपक्षी नष्ट

काठमाडौं । ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिए ।
नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौंको तारकेश्वरको तीन ठाउँ बर्डफलु देखिएको थियो । बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमणसमेत गरिसकेको जानकारी दिए । उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ । – रासस
कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाउने बताएका छन । आज काठमाडौंको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै सो कुरा बताएका हुन । इतिहासले कहिलेकाहीँ मजाक गर्ने बताउँदै संविधान सभा सदस्य तथा राष्ट्रिय किसान आयोगका पूर्वअध्यक्ष समेत रहेका किसान नेता चित्रबहादुर श्रेष्ठले भने, ‘यतिबेला सर्वोच्च अदालतको फैसलाका आधारमा हाम्रो मातृ पार्टीको विभाजनसँग हामी पनि पूर्ववतः अवस्थामा फर्कन वाध्य भएका छौँ । यो इतिहासले हामीमाथि गरेको एउटा भद्दा मजाक हो । कहिलेकाँही इतिहासले पनि मजाक गर्दो रहेछ ।’