Namaste Icon
Ad
Ad

फोटोग्राफीमा वेडिङ विधा नै रोज्नुको कारण के हो ? (भिडियो अन्र्तवार्ता)

फोटोग्राफीमा वेडिङ विधा नै रोज्नुको कारण के हो ? (भिडियो अन्र्तवार्ता)

फोटोग्राफीको क्षेत्रमा पछिल्लो समय निकै चर्चित नाम फोटो पसलले फोटोग्रफीलाई अझैं राम्रो व्याावसायिक बनाउन सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तथा फोटो सम्बन्धी बहस छलफल गर्दै आइरहेको छ । फाेटाेग्राफीमा नविनतम परिवर्तनका लागी सन् 1983 Aug 27th जन्मिएका फाेटाेग्राफर जसलाइ हामीले व्यवसायीक रूपमा नेपाली विवाह फाेटाेग्राफिमा नविनतम साेच ल्याउन सफल फाेटाेग्राफरकाे रूपमा चिनेका छाै । उनी शुरूका दिनमा Channel Nepal Television आफ्नो व्यवसायीक फाेटाेग्राफि गर्दै अहिले Wedding Diary Nepal का Founder, ECS Media मा Fromer Photographer रहेर काम गरि रहेका छन । व्यवसायीक विवाह फाेटाेग्राफिमा धेरै फाेटाेग्राफर उत्पादन गर्न सफल एवं धेरैलाइ स्वराेजगारि दिन सफल फाेटाेग्राफर सह्नावाज मुहमद Shahnawaz Mohammad सँग फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले गरेको कुराकानीः


फोटोग्राफी क्षेत्रमा कसरि प्रवेश गर्नुभयो ?
सन २००१ तिर होला मै प्लस टु सकेपछि क्यानन नेपालमा जोडिए । त्यहाँ जोडिसकेपछि मैले १० वर्ष काम गरे । त्यो १० वर्षको दौरानमा क्यामेरा, फोटो तथा भिडियोसँग खेल्न पाए त्यसपछि मात्रै मैले फोटोग्राफी सुरु गरें ।


वेडिङ विधा छान्नुको कारण के हो ?
मैेले विभिन्न टेलिभिजनहरुमा च्यषनलहरुमा काम गर्दै आए तर अन्तिममा आफ्नै विजनेस भइदिए हुन्थ्यो भन्ने लागेर वेडिङ तिर लागेको हुँ । फेसन तथा एडभटाईजिङमा ग्राहकले छोटो समय त सम्झेला तर वेडिङमा खिचेको फोटोले मलाई जिन्दगी भर सम्झिने छ भन्ने लाग्यो अनि यताप्रति जोडिए ।

 

वेडिङ विधामा व्यावसायिकता कस्तो पाउनु भएको छ ?
आर्थिक हिसावले अन्र्तराष्ट्रिय क्षेत्रमा यसको क्षेत्र निकै नै राम्रो भएपनि नेपालमा भने केहि समस्या नै छ । नेपालमा यसको प्रभाव रुचि तथा मानवीय नाताले निकै राम्रो भएपनि व्यावसायिकता भने त्यति नै राम्रो हुन सकेको छैन । व्यावसायिकता भन्दा पनि रुचि र मानिसले सम्झिरहने भएकाले म खुसि छु ।


नेपालमा हुने वेडिङ कपलको वेडिङ इभेन्टलाई कसरि लिनुभएको छ ?
हामी जति काम गर्छै हामी सांस्कृतिक हिसावले काम गछौं । जसको पनि काम गछौं उहाँहरुलाई खुसि बनाएर काम गर्छौ । विदेशमा जस्तो एकजनाले धेरै पटक विहे गर्ने अनि इभेन्ट गर्ने भन्ने नेपालमा हुदैन त्यसकारण पनि नेपालमा काम गर्दा हामीले अति नै मिहेनत गर्नुपर्ने हुन्छ ।


जीवना एक पल्ट हुने विवाहको फोटो खिच्ने वेडिङ फोटोग्राफरहरु ले अलि कम महत्व दिने गर्छ, भन्ने छ नि ?
मैले वेडिङ फोटोग्राफी सुरु गरेको लगभग १२ वर्ष जति भयो । हामी व्यवसायिक हिसावले वेडिङकै लागि काम गर्यौं । म भन्दा अगाडिका अग्रजहरुले चाँहि भन्नु हुन्थ्यो यो क्षेत्रमा आर्थिक त छैन, तर आनन्द चाँहि छ । विवाह पछि कपल फोटो सुट गर्ने चलन थियो, जब म आए मैले कपल सुट आउठडोर गर्ने कामको सुरुवात गरे । १०/१२ वर्ष अगाडि भन्दा त धेरै परिवर्तन भइसकेको छ । फोटो ग्राफरले काम गरेन भन्ने कहिं कतै गुनासो त आउने गर्दछ । जसको लागि म के भन्छु भने जो नयाँ आएको, फाेटाेग्रफरले कल्चर वुझेको छैन भने वा मिहेनत गर्ने खालको छैन भने पनि यस्ता समस्या आउने गर्दछन ।

 

 

Ad

सम्बन्धित समाचारहरु

हामी कांग्रेसमय चिङ्गाड गाउँपालिका बनाउने अभियानमा छौं : युवा नेता शर्मा

नेपाली कांग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशका युवा नेता डोरप्रशाद शर्माले आफूहरु कांग्रेसमय चिङ्गाड बनाउने अभियानमा जुटिसकेको बताएका छन । नेपाली जनता र राष्ट्रलाई माया गर्ने पार्टी नेपाली कांग्रेस भएकाले चिङ्गाडबासी जनता र नेपाली कांग्रेस बीचमा सम्बन्ध नङ र मासुको जस्तो रहेकोले जनताको साथ फेरि पनि कांग्रेसलाई नै रहने उनले बताए । नेता डोरप्रशाद शर्मा सँग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सारसंक्षेपः

सरकारी कर्मचारीलाई जनताले दुख गरि तिरेको करबाट हैन, आफ्नै तलबबाट गाडि किन्न लाउ ! सरकार

यातायात अभियन्ता प्रेमबहादुर थापाले सरककारी कर्मचारीलाई गाडि पनि तलब पनि, भत्ता पनि, ससुराली जाँदा पनि सरकारी गाडि प्रयो गर्ने तर सर्वसाधारण भने पुल नभएर खोलाले बगाएर, अस्पत्ताल नभएर मर्नु पर्ने अवस्था कहिले सम्म ? भन्दै प्रश्न गरेका छन । दर्पण दैनिकसँग कुरागर्दै उनले अर्थमन्त्री तथा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad