# भर्खरै
Namaste Icon
Ad
Ad

भारतको सीतामणिमा फेला परे बेपत्ता ७ जना किशोरी , परिवारलाई जिम्मा लगाउने तयारी

भारतको सीतामणिमा फेला परे बेपत्ता ७ जना किशोरी , परिवारलाई जिम्मा लगाउने तयारी

काठमाडौं । घाँस काट्न जाँदा बेपत्ता भएका महोत्तरीका ७ जना किशोरी भारतको सीतामणिमा फेला परेका छन् । बेपत्ता ७ जना किशोरीहरु भारतको सीतामणिमा भेटिएको र परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हिजो (मंगलवार) दिउँसो घाँस गएका महोत्तरी भंगहा नगरपालिका वडा नम्वर ८ का एकै टोलका ती किशोरीहरु बेपत्ता भएका थिए ।

१८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान भारतको सीतामणिबाट सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरु मंगलवार दिउँसो करिब २ बजेतिर घरबाट निस्किएका थिए । रातिसम्म घर नफर्किएपछि उनीहरुका परिवारले प्रहरीमा समेत खबर गरेका थिए ।

‘उनीहरु सम्पर्कमा आइसकेका छन् । परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजोस घिमिरेले बताए । घटना के कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरु फेला परेको ठाउँ महोत्तरी भंगहा नगरपालिकाबाट झन्डै ४० किलोमिटरको दुरीमा पर्छ ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस