Namaste Icon
Ad
Ad

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ को एक कार्यक्रममाझ एनसेललाई यो अवार्ड प्रदान गरिएको हो ।


ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो । प्रा.डा. सुवास के.सीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्ड दिने निर्णय गरेको थियो । आफूले अपनाएका मानव संशाधन नीति, अभ्यास र गरेका कार्यको सम्मान गरेर यो अवार्ड आफूलाई प्रदान गरिएको एनसेलले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

जेठदेखी अवैध मोबाइल ‘लक’ गर्ने तयारी, वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने

काठमाडौं । आगामी जेठदेखी नेपालमा भित्रिएका अवैध मोवाइल लक हुने भएका छन् । नेपाल दूरसञ्‍चार प्राधिकरणले यसअघि नै यस्तो प्रणाली सञ्चालन गर्ने तयारी गरेपनि जेठबाट मात्र सञ्चालनमा आउने भएको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि अवैध मोबाइल नियन्‍त्रणका लागि बनाइएको प्रणाली सञ्‍चालन हुने भएको हो । प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने छ । अवैध तथा चोरी गरी ल्याइएका एंवम् प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक हुनेछन् । मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीअनुसार आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (आइएमइआइ नम्बर ) दर्ता गराउनुपर्ने छ । यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाप्रदायकहरुको नेटवर्कसँग जोडिने छ ।

सार्वजनिक हुँदै ओपो एफ१९प्रो

सार्वजनिक हुँदै ओपो एफ१९प्रो

काठमाडौं । ओपोले यही चैत्र ३ गते ‘एफ१९प्रो’ सार्वजनिक गर्ने भएको छ । लाइभलञ्च इभेन्टमा ओपोका ब्राण्ड फ्रेन्ड तथा कलाकार स्वस्तिमा खड्का, तृष्णा गुरुङ र कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहने कम्पनीले जनाएको छ । लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad