Namaste Icon
Ad
Ad

अप्रिल महिनाको १ तारिख अर्थात विश्व मूर्ख दिवस

अप्रिल महिनाको १ तारिख अर्थात विश्व मूर्ख दिवस

यो दिन सबैजना एकअर्कासँग ‘जोक’ गर्छन्, यो केबल हास्न र हसाउनका लागि मात्र हुन्छ । यो दिन मानिस अएअर्कालाई मूर्ख बनाएर हास्ने गर्छन्, तर खास कुरा के छ भने अन्य दिनजस्तो यो दिन मूर्ख बनिने व्यक्ति रिसाउँदैनन् । संसारमा कहीँ पनि यो दिन सार्वजनिक बिदा दिइँदैन, तर मानिस आपसमा हासेर र हसाएरै यो दिन मनाउँछन् । परम्परागत रूपमा न्युजिल्यान्ड, बेलायत, अस्ट्रेलिया, दक्षिण अफ्रिकामा यस्तो मूर्ख बनाउने काम मध्याह्नसम्म मात्र गरिन्छ ।


यो दिन कसरी सुरु भयो र यसको महत्व के छ ?
जुन सहरहरूमा मध्याह्नपछि ‘मजाक’ गर्नेलाई अप्रिल फुल भनिन्छ । बेलायतका पत्रिकाले यो दिन पहिलो पृष्ठ विशेषांकका रूपमा प्रकाशित गर्छन् । यो मात्र पहिलो बिहानीका लागि हुन्छ । यसबाहेक फ्रान्स, आयरल्यान्ड, इटाली, दक्षिण कोरिया, जापान, रुस, नेदरल्यान्ड, जर्मन ब्राजिल, क्यानाडा र अमेरिकामा ‘जोक्स’ को शिलशिला दिनभरि चलिरहन्छ ।


कथा र इतिहास
अप्रिल र मूर्खताबीचको सम्बन्धको पहिलो अभिलेख चान्सर के क्याटरबरी टेल्स (१३९२) मा पाइन्छ । कतिपय लेखक १६औँ शताब्दीमा जनवरी १ लाई नयाँ वर्षका रूपमा बाहेक अर्को विदाको दिन बनाउन यसको सुरुआत गरिएको बताउँछन् । तर, यो सिद्धान्तले पुरानो सन्दर्भको उख्ल्लेख गर्दैन । यो पुस्तकको एउटा कथा नन्स प्रिस्टस टेलका अनुसार बेलायतका राजा रिचार्ड द्वितीय र बोहेमियाकी रानी एनीका बीचमा विवाह हुने हल्ला गरियो र मिति ३२ मार्च तोकियो ।

जसलाई त्यहाँको जनताले साच्चै ठाने र मूर्ख बने । त्यही वेलादेखि ३२ मार्च अर्थात् १ अप्रिललाई अप्रिल फुल डेका रूपमा मनाउन थालियो । एक अर्को कथाअनुसार, प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । सन् १५८२ मा पोप ग्रोगोरी १३ ले नयाँ क्यालेन्डर अपनाउन निर्देशन दिए, जसअनुसार जनवरी १ मै नयाँ वर्ष हुन्थ्यो । त्यति हुँदा पनि कतिपयले अप्रिल १ लाई नै नयाँ वर्ष मनाइरहेका थिए ।

यसरी अप्रिल १ मा नयाँ वर्ष मनाउनेलाई जनवरी १ मा नयाँ वर्ष मनाउनेले मूर्ख ठान्न थाले र उनीहरूको मजाक उडाए ।१९१५ को कुरा हो, जब जर्मन विमानस्थलमा एक बेलायती पाइलटले ठूलो बम फाले । यो देखेर मानिसहरू यत्रतत्र भागे, धेरै समयसम्म मानिसहरू लुकेर बसे । तर, धेरै समय बित्दासमेत जब कुनै विस्फोटको आवाज आएन, तब मानिस फर्केर त्यो बम हेर्न आए ।

त्यहाँ एउटा ठूलो फुटबल थियो, जसमा ‘अप्रिल फुल’ लेखिएको थियो । यस्तो पनि भनिन्छ कि, पहिले भारतवर्षकै क्यालेन्डर संसारभर मानिन्थ्यो । जसअनुसार नयाँ वर्ष चैतमा अर्थात् अप्रिलमा पर्दथ्यो । १५८२ मा पोप ग्रोगोरीले नयाँ क्यालेन्डर ल्याएपछि त्यसलाई धेरैले मान्न थाले ।

Ad

सम्बन्धित समाचारहरु

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

लण्डन । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार पत्र पठाएका हुन् ।

विश्व हिन्दु गौरक्षा जागरण अभियानले सरकारलाई दियो कडा चेतावनी

काठमाडौं । विश्व हिन्दु गौरक्षा जागरण अभियान सुदुरपश्चिम प्रदेशले प्रदेशका मुख्यमन्त्री लगायत सबै मन्त्रालयमा १२ बुँदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको संस्थाका अध्यक्ष चक्रदेव जोशीले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad