Namaste Icon
Ad
Ad

झोल साबुन बनाउँदै झरुवारासीका महिला

झोल साबुन बनाउँदै झरुवारासीका महिला

सन्तोष दहाल, ललितपुर। गोदावरी नगरपालिका १३ झरुवारासीका बेरोजगार महिलाहरुका लागि झोल साबुन बनाउने तालिम प्रदान गरिएको छ। गोदावरी नगरपालिकाको आर्थिक सहयोग र १३ नं वडा कार्यालयको आयोजनामा बुधबारबाट सुरु भएको तालिम शुक्रबारसम्म चल्नेछ।

महिला उद्यमशीलता विकास र बेरोजगार बसेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको वडाध्यक्ष भाष्कर थापाले जानकारी दिएका छन्। महिला वडा सदस्य गौरी अधिकारीका अनुसार तालिममा ३० जना महिलाहरु सहभागी छन्। गोदावरी नगरपालिकाले उक्त तालिम संचालनका लागि ७० हजार रकम उपलब्ध गराएको अधिकारीले बताईन।

साथै आगामी दिनहरुमा समेत आम महिलाहरुका साथै विपन्न एकल महिलाहरुलाई पनि आत्मनिर्भरतातर्फ अगाडी बढाउनका लागि ढाका बुनाई लगायत अन्य तालिमहरुको वडा कार्यालयले आयोजना गर्ने बताईएको छ।

Ad

सम्बन्धित समाचारहरु

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

लण्डन । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार पत्र पठाएका हुन् ।

विश्व हिन्दु गौरक्षा जागरण अभियानले सरकारलाई दियो कडा चेतावनी

काठमाडौं । विश्व हिन्दु गौरक्षा जागरण अभियान सुदुरपश्चिम प्रदेशले प्रदेशका मुख्यमन्त्री लगायत सबै मन्त्रालयमा १२ बुँदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको संस्थाका अध्यक्ष चक्रदेव जोशीले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad