Namaste Icon
Ad
Ad

फूटबललाई टेनिस र्‍याकेटले उल्टो सुल्टो हानेर मधु थापाले राखे विश्व कृतिमान

फूटबललाई टेनिस र्‍याकेटले उल्टो सुल्टो हानेर मधु थापाले राखे विश्व कृतिमान

केशर विश्वकर्मा,  काठमाडौं । मधु थापाले द मोस्ट अल्टरनेटिभ हिट्स अफ फूटबल विथ टेनिस ईन ३० सेकेन्ड शीर्षकमा नयाँ विश्व कृतिमान राखेका छन । थापाले ३० सेकेन्डमा ६९ पटक फूटबललाई टेनिस र्‍याकेटले उल्टो सुल्टो हानेर नयाँ विश्व कृतिमान कायम गरेका हुन । त्रियुगा नगरपालिका-२ उदयपुर जिल्लाका थापाले अन्य विश्व कृतिमानी व्यक्तिहरुबाट प्रभावित भएर यो रेकर्ड राखेको बताए । वर्ल्ड रेकर्ड फाउन्डेशन नेपालले एक कार्यक्रम आयोजना गरेर सो नयाँ विश्व कृतिमानी कायम गरिएको हो ।

कार्यक्रममा उपस्थितिहरुलाई स्वागत मन्तव्य राख्दै विश्व कृतिमानीहरु एकजुट हुनुपर्ने वर्ल्ड रेकर्ड फाउन्डेशन नेपालका संस्थापक महासचिव आरबी थापाले बताए । सफलताको शुभकामना दिदैँ नेपालमा दिनदिनै नयाँ प्रतिभाहरु जन्मिदैँ गएकोले त्यस्ता व्यक्ति तथा प्रतिभालाई वर्ल्ड रेकर्ड फाउन्डेशनले महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने रक्षकुमार राईले बताए ।

आगामी दिनमा पनि यस्ता नयाँ प्रतिभालाई विश्व कृतिमान राख्न चाहने व्यक्तिलाई महत्त्वपूर्ण सहयोग गर्ने वर्ल्ड रेकर्ड फाउन्डेशन नेपालका संस्थापक अध्यक्ष चित्रकुमार कार्कीले बताए । त्यस्तै, सामान्य कामबाट नै ठुलाठुला काम बन्ने र सफल हुने भएकोले कुनै पनि कामलाई निरंतरता दिनुपर्नेमा नेपाल टेलिभिजनका निर्देशक मनोहरी थापाले जोड दिए ।

Ad

सम्बन्धित समाचारहरु

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

लण्डन । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार पत्र पठाएका हुन् ।

विश्व हिन्दु गौरक्षा जागरण अभियानले सरकारलाई दियो कडा चेतावनी

काठमाडौं । विश्व हिन्दु गौरक्षा जागरण अभियान सुदुरपश्चिम प्रदेशले प्रदेशका मुख्यमन्त्री लगायत सबै मन्त्रालयमा १२ बुँदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको संस्थाका अध्यक्ष चक्रदेव जोशीले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad