Namaste Icon
Ad
Ad

'निलो कुर्ताले' मा गायिका मेलिना राई (भिडियो )

'निलो कुर्ताले' मा गायिका मेलिना राई (भिडियो )

काठमाडौं । अमेरिकामा रहेर नेपाली संगीतमा निरन्तर क्रियासिल गायक लोक पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत 'निलो कुर्ताले'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। लोकलयमा आधारित यस गीतमा गायक पौडेललाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

युवा युवतीबिचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान फिचर्ड छन्। शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्। शिशिर तामाङ (छबि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक पौडेलले 'वाल्ली होइन पल्ली', 'कस्तो लाग्यो तिमीलाई' लगायत केहि भजन गीतको भिडियो सार्वजनिक गरिसकेका छन्।

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad