Namaste Icon
Ad
Ad

'ओ प्रिया' मा रोमाण्टिक मुडमा देखिए आकाश र पुजा (भिडियो )

'ओ प्रिया' मा रोमाण्टिक मुडमा देखिए आकाश र पुजा (भिडियो )

काठमाडौं । गायिका निशा कंडेल र गायक अमन प्रधानको युगल गायनमा समावेश 'तस्बिर २ - ओ ! प्रिया’ म्युजिक भिडियो सार्वजनिक भएको छ। करिव १ वर्ष अघि सार्वजनिक 'तस्विर' बोलको निरन्तरता रहेको यस गीतलाई तस्विरकै गीतकार बिष्णुबाबु देवकोटाले लेखेका हुन्। टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माबिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad