Namaste Icon
Ad
Ad

८ अर्ब ७० करोडको वित्तीय सम्झौतामा हस्ताक्षर

८ अर्ब ७० करोडको वित्तीय सम्झौतामा हस्ताक्षर

काठमाडौं । कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन । अर्थ सचिव ढुंगानाले कम्तिमा ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण सहयोग पु¥याउने बताए । उनले नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा बिस्तार र स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो वित्तीय सहयोग उपयोगी हुने धारणा राखेका थिए ।


मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच बिस्तार गर्नु नेपालमा महामारीबाट जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण भएको बताए । उनले विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।


अर्थ मन्त्रालय र विश्व बैंकद्वारा संयुक्त जारी प्रेस विज्ञप्तिका अनुसार गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड–१९ आपत कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजनामा नै यो अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछ ।


यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको खरिद, आपूर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड–१९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायलाई टेवा दिनेछ । कोभिड–१९ विरूद्धका खोपको माग र स्वीकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवद्र्वन गर्नेछ ।

Ad

सम्बन्धित समाचारहरु

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ। सोमबार ४ बजे बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव उमेश ओझाले जानकारी दिए ।

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

काठमाडौं । कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा अर्थ मन्‍त्रालयका सहसचिव दीर्घराज मैनाली मनोनयन भएका छन् । चैत १६ मा अर्थमन्‍त्री विष्णु पौडेलले उनलाई मनोनयन गर्ने निर्णय गरेका हुन् । मैनालीले २२ गते पद तथा गोपनियताको सपथ लिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad