Namaste Icon
Ad
Ad

दुई करोडको लागतमा जिल्लामै पहिलोपटक व्यावसायिक ड्रागनखेती

दुई करोडको लागतमा जिल्लामै पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।

‘प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागनखेती गरेका छौँ’, सञ्चार उद्यमी महताले भने, ‘विदेशबाट ड्रागनको बीउ ल्याएर खेती गरेका हौँ ।’ छ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् । ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ । बन्दाबन्दीका बेला केही गर्नुपर्छ भन्ने भावनाअनुरूप ड्रागनखेतीमा संलग्न भएको महताले बताए । ड्रागनखेती गरिएको फार्ममा चार जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन । उनका अनुसार फल लाग्दासम्म ५० जनालाई र फल बजारमा बेच्न तयार भएपछि ३०० जनालाई रोजगारी दिने योजना रहेको छ ।

ड्रागनखेतीका लागि रु ५० लाख सेयर सदस्यबाट र अन्य रकम बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गरिएको छ । ‘शुरुआतमा धेरै लगानी लागे पनि त्यसको प्रतिफल पाइन्छ’, प्रालिका अध्यक्ष पूर्व वन अधिकृत चन्दले भने, ‘दुई वर्षभित्रै लगानी गरिएको रकम ड्रागनखेतीबाटै उठाउने लक्ष्य लिएका छौँ’, ड्रागनखेती अवलोकनका लागि सोही क्षेत्रमा ‘भ्यूटावर’समेत निर्माण गरिएको छ । सिँचाइका लागि पोखरीसमेत निर्माण गरिएको छ । हालसम्म ३०० भन्दा बढी जनाले ड्रागनखेतीको अवलोकन गरेका छन् । स्वास्थ्यबद्र्धक मानिएको ड्रागनबाट धेरै फाइदा हुने बताइएको छ ।– रासस

Ad

सम्बन्धित समाचारहरु

‘अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइनेछ’

‘अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाइनेछ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले अब देशभर किसान आन्दोलनको ज्वारभाटा उठाउने बताएका छन । आज काठमाडौंको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको दुई दिने वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै सो कुरा बताएका हुन । इतिहासले कहिलेकाहीँ मजाक गर्ने बताउँदै संविधान सभा सदस्य तथा राष्ट्रिय किसान आयोगका पूर्वअध्यक्ष समेत रहेका किसान नेता चित्रबहादुर श्रेष्ठले भने, ‘यतिबेला सर्वोच्च अदालतको फैसलाका आधारमा हाम्रो मातृ पार्टीको विभाजनसँग हामी पनि पूर्ववतः अवस्थामा फर्कन वाध्य भएका छौँ । यो इतिहासले हामीमाथि गरेको एउटा भद्दा मजाक हो । कहिलेकाँही इतिहासले पनि मजाक गर्दो रहेछ ।’

जुनारको बजार खोज्दै काठमाडौं पुगे डडेलधुराका कृषक, सहयोग गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

काठमाडौं । डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका निम्ती त्यहाँका किसानहरुले पहलकदमी थालेका छन् । यसैक्रममा डडेलधुराका जुनार उत्पादक किसानहरुले आज (बिहिवार) कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् । त्यसक्रममा किसानहरुले मन्त्री अर्याललाई त्यहाँ उत्पादित जुनार उपहार दिँदै सिँचाईको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै त्यसको समाधानका निम्ती सिचाईको व्यवस्थाका निम्ती सहयोग गर्न आग्रह गरेका थिए । त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन बृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरिन । बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरुको उत्पादनलाई बिक्रिवितरण गर्न सहजिकरण गरिने समेत मन्त्री अर्यालले आश्वासन दिइन । उनले जुनार उत्पादन क्षेत्रमा सिचाईको व्यवस्था समेत गरिने बताइन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad