Namaste Icon
Ad
Ad

कर्णालीमा सरकार बनाउने तयारीमा एमाले, संसदीय दलको बैठकले गर्याे महत्त्वपूर्ण निर्णय

कर्णालीमा सरकार बनाउने तयारीमा एमाले, संसदीय दलको बैठकले गर्याे महत्त्वपूर्ण निर्णय

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश संसदिय दलको बैठक सुर्खेतमा बसेको छ । संसदिय दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बसेको उक्त बैठकले कर्णालीमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने बारेमा गृहकार्य भइरहेको पुर्व मन्त्री खड्कबहादुर खत्रीले जानकारी दिए ।

नेकपा विभाजनपछि ओली र प्रचण्ड माधव पक्षमा विभाजित सांसदहरु पहिलो पटक सुयुक्त बैठकमा सहभागी भएका छन् । संसदिय दलका नेता यमलाल कँडेल ओली पक्ष र कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला माधवकुमार नेपाल पक्षका हुन । २०जना सदस्य रहेको प्रदेशसभा संसदीय दलमा सभामुख बाहेक १९ जना सदस्य बैठकमा सहभागी भएका छन।

१९ जना मध्ये ९ जना ज्वाला पक्षका छन् । कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको प्रदेशसभालाई जानकारी गराएपछि मुख्यमन्त्रीले महेन्द्रबहादुर शाहिले विश्वासको मत लिने वा एमालेले अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भइएकाे छ ।

नेकपा एमाले कर्णाली प्रदेश संसदिय दलको बैठकले गरेका केही महत्त्वपूर्ण निर्णयहरु:

१) प्रमुख सचेतक गुलावजंज शाहको संयोजकत्वमा प्रदेश सभा सदस्य मिना रखाल र करबिर शाही सदस्य रहेको दल बिधान मस्यौदा कार्यदल गठन गरेकोछ।

२) वर्तमान सरकारलाइ मार्गप्रस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गर्ने र सहभागी मन्त्रीहरुलाई भोलि सम्म सरकार छोड्न निर्देशन गर्ने।

३) नेकपा एमालेको एकतालाई जोगाउन पार्टी अध्यक्ष लगाएत बरिस्ठ नेताहरुलाई आग्रह गर्ने।

४) यही २४ गते पु:न संसदिय दलको बैठक बस्ने।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad