Namaste Icon
Ad
Ad

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ।यसअघि निगमले चैत ३ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

Ad

सम्बन्धित समाचारहरु

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ। सोमबार ४ बजे बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव उमेश ओझाले जानकारी दिए ।

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

काठमाडौं । कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा अर्थ मन्‍त्रालयका सहसचिव दीर्घराज मैनाली मनोनयन भएका छन् । चैत १६ मा अर्थमन्‍त्री विष्णु पौडेलले उनलाई मनोनयन गर्ने निर्णय गरेका हुन् । मैनालीले २२ गते पद तथा गोपनियताको सपथ लिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad