Namaste Icon
Ad
Ad

‘समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन नसक्ने, अनि काम चलाउन भो रे !’

‘समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन नसक्ने, अनि काम चलाउन भो रे !’

काठमाडौं । पूर्व सञ्चारमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिए नयाँ ढंगबाट अघि बढ्ने बताएका छन । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले माओवादीलाई सर्मथन फिर्ता लिन चुनौति दिएका हुन ।

उनले भने, ‘समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन नसक्ने, अनि काम चलाउन भो रे। समर्थन फिर्ता लिनुहोस्, नयाँ ढंगले अघि बढ्छ। आफैँ अड्काउने आफैँ पड्काउने ? विचार लिएर जान सबै स्वतन्त्र हुन्छ। चुनावमा जानु प्रतिगमन हुन्छ भने शाही जनवाद ल्याउन गरिएको प्रयास चाहिँ अग्रगमन हुने हो र ?’

चुनावदेखि डराउनेहरुले संसद विघटनलाई प्रतिगमनको संज्ञा दिएको उनको भनाइ छ।
उनले भने, ‘ताजा जनादेशको विकल्प छैन। संसद विघटन बेठिक थिएन। बेलायत, भारतमा पनि चुनावमा हुने गरेको छ। त्यो प्रतिगमन हुन्छ ? चुनाव सुन्दै डराउने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा काम गरेको देखेर केही व्यक्तिहरुको प्रेसर बढेको उनले बताए।

उनले भने , ‘१६५ वटा सडक बनाउने कुरामा पनि नकारात्मकता देख्ने ? प्रधानमन्त्रीले जनताको पक्षमा काम गरेको देखेर कसैको ब्लड प्रेसर बढेको छ। जनता दंग, नेताहरु भरङ्ग किन भएको होरु यो विचित्रको अवस्थामा किन देखियो ? भोलि तथ्यांक लिएर चुनावमा जाउँला।’ ओली नेतृत्वको सरकार देशलाई समृद्ध बनाउन लागेको उनको दावी थियो।

 

Ad

सम्बन्धित समाचारहरु

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

काठमाडौं । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ ।

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

काठमाडौं । सरकारले बुधबार (आज) बाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थीत नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनोबिरुद्धको खोप हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad