Namaste Icon
Ad
Ad

बाह्रदशीमा रहेको जनज्योती आधारभूत विधालयमा एक हप्ते योग शिविर सम्पन्न

बाह्रदशीमा रहेको जनज्योती आधारभूत विधालयमा एक हप्ते योग शिविर सम्पन्न

झापा । जिल्लाको बाह्रदशी गाउंपालिका वड़ा नम्बर ५ जनज्योती आधारभूत विधालय मा आज एक हप्ते (सप्ताह) योग शिविर सम्पन्न भएको छ । शिविरमा संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य हरि बहादुर राजवंशी ले योग अभ्यासले मानव शरीरलाई स्वास्थ्य राख्ने र विभिन्न रोगहरुलाई पनि निर्मूल पार्ने भएकोले योग गर्न सबैलाई आग्रह गरे ।

त्यस्तै वार्ड अध्यक्ष भुपेन्द्र कटुवाल सदस्य जीवनाथ खरेल रेडक्रस १ नम्बर प्रदेश कोषाध्यक्ष ओम प्रकाश गौतम साधना योग का अध्यक्ष देवीरमण घिमिरे कविराज जट्टा शंकर झा पताञ्जली जिल्ला कोषाध्यक्ष जगन्नाथ खनाल लगायतले योग गर्नाले हुने फाईदा र यसको महत्वबारे प्रकाश पारे ।

कार्यक्रम सहजकर्ता समेत रहेका शिक्षक छत्रसिंह राजवंशीका अनुसार सो योग शिविरमा नेकपा एमालेका युवा नेता तथा पत्रकार रामप्रसाद रिजाल योग गुरुहरु राजकुमार राजवंशी दयानन्द दास चेतन उप्रेती योग प्रशिक्षक नारायण ढकाल जनज्योती आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हरि राजवंशी सदस्य लक्ष्मी राजवंशी सोही विधालयका शिक्षकहरु कमलप्रसाद राजवंशी, जीवन धमला, छत्रसिंह राजवंशी, दुर्गादेवी रेग्मी चित्रकला अधिकारी गीतासरी राजवंशी, मुना देउजा, रेखा राजवंशी लगाएतको उपस्थित रहेको थियो । लगभग २ सय जनाले योग सिकेको सो शिविर को आयोजना आयुर्वेदिक औषधालय बाह्रदशीले गरेको बाह्रदशी उपचार केन्द्र का प्रमुख इंन्चार्ज कविराज जट्टा शंकर झाले जानकारी गराए ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad