# भर्खरै
Namaste Icon
Ad
Ad

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

डा. डिला संग्रौला । लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।

प्रधानमन्त्रीको हठवादले यही पुस ५ गते संसद्को विघटन, कानूनी व्यवस्था र प्रचलित मूल्य–मान्यता भत्किएका छन् । सत्ता टिकाउन जे जस्तो कूकर्म गर्न तयार हुन्छन् भन्ने उनको सोच अब छताछुल्ल भैसकेको छ । आज उनलाई प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ । नेपालको इतिहासमा पहिलो पटक विभिन्न बहानामा संसद्लाई निष्कृय र विजनेश विहीन बनाइँदै छ । सर्वोच्चले संसद्को पुनःस्थापना गरे पश्चात उनले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन् । त्यसैले आज म संसद्बाटै उनको राजीनामा माग गर्दछु ।

भष्ट्राचार र सरकार एकअर्काका परिपूरक भएका छन् । धेरै टाढा नजाउँ तत्कालीन सूचना तथा सञ्चार मन्त्रीको ७० करोडको अडियो डिल प्रकरण बाहिरियो । राजीनामा आयो । कारवाही भएन । कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको भष्ट्राचार र ओम्नी ग्रुपसँग ठेक्का गर्दा भएको अनियमियतामा कारवाहीको लागि सर्वाजनिक लेखा समितिले तत्कालीन स्वास्थ्य मन्त्रीलाई इंगित गरिसकेको छ । यस्तै भर्खरै वनमन्त्रीले वैज्ञानिक वन नीति खारेज गर्दा करोडौं रकम दिन आए आफै भन्छन् । कस्तो लज्जास्पद ! त्यसैले इतिहासमा यो सरकार सबैभन्दा भष्ट्राचारी सरकार हो । तर प्रधानमन्त्री भष्ट्राचारमा शून्य सहनशिलता भन्न छोडदैनन् ।


कोरोनाको महामारीले एक वर्षयता विश्वलाई नै लखेटिरहेको छ । युरोपका कतिपय देशमा कोरोनाको तेस्रो लहर चलि रहेको छ भने उता भारतमा बढ्दै गएको कोरोनाको संक्रमणको कारण नेपालमा भारतबाट आउने मानिसमा संक्रमण दर बढ्दै गएको छ । भारतीय सीमावर्ती क्षेत्रमा कोरोनाको कारण विद्यालय जोखिमयुक्त छन् । नेपालमा पहिलो पटक कोरोनाको खोप लगाएकाले पनि दोस्रो डोज पाएका छैनन् । कोरोनाको नियन्त्रणका लागि आवश्यक सावधानी र तयारीमा जुट्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।

जापान जानका लागि सीओइ लेटर पनि आइसकेको, विश्विवद्यालयले मागेको शुल्क पनि पठाइसकेको र आफ्नो विश्वविद्यलयमा पढ्नका लागि योग्यता प्रमाणपत्र पनि आएका थुप्रै नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका छन् । म सम्माननीय सभामुखमार्फत जापानसरकारसँग कुटनीतिक वार्ता गरी उनीहरुलाई चाँडो भन्दा चाँडो उच्च शिक्षा हासिल गर्ने बातावरण बनाउन माग गर्दछु ।

प्रधानमन्त्रीले डीपीआर नै नभएका सडक पूर्वतयारीबिना बालुवाटारबाट शिलान्यास गर्नु, एकै दिनमा ३ सय १६ स्थानीय तहमा विभिन्न अस्पतालको शिलान्यास भयो भनेर प्रचार गर्नु बालुवामा पानी हाले सरह हो । सभामुख महोदय, जनताले आधारभूत स्वास्थ्य, शिक्षा, राम्ररी खान पनि पाइरहेका छैनन् । ठाउँ ठाउँमा लागेको डढेलोले वातावरण प्रदुषित भएको छ । जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्न गएको छ । यसको रोकथाम एवं न्यूनिकरणको लागि सरकारको ध्यानकर्षण गराउँदछु ।

मेलम्चीको खानेपानी सन्त नेता कृष्णप्रसाद भट्टराईको योजना र सपना थियो । जुन साकार आज भएको छ । उनीप्रति सबैले सम्मान प्रकट गर्नु नै पर्दछ ।

मिति २०७७ चैत्र २३ गते बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा प्रस्तुत धारणा

 

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस