Namaste Icon
Ad
Ad

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्
निरज कालिका

निरज कालिका । नेपालको राजनीति हेरेर मात्रै बुझ्न सकिँदैन । राजनीतिभित्र हरेक विषयहरु पर्दछन । प्रसिद्व लेखक क्रिनसको ईन्टरसेक्सनालिटीको आधारलाई लिएर राजनीति बुझ्न सकिन्छ । कुनै पनि विषय पूर्ण बन्न अन्य तत्वहरुले भूमिका खेलेको हुन्छ । त्यस्तै, राजनीतिक विषय पूर्ण बन्नका लागि धेरै तत्वहरुको आवश्यकता पर्दछ । जस्तै समाज, विज्ञान, अध्ययन, प्रविधि , राजनीतिकदल, अड्डाअदालत, प्रशासन, धर्म, संकृति आदि तत्वको आवश्यकता पर्दछ । यस्ता कैयौं विषयहरूले राजनीति विषय निर्माण गर्ने गर्दछन । खाली नेताहरुलाई मात्र हेरेर राजनीति बुझ्न सकिँदैन र पूर्ण हुँदैन । समाजका मानिस, सलाकार, स्वयं नेता पनि कस्ता छन ? यी कुरा पनि बुझ्न जरुरी हुन्छ । यी बाहेक पनि विभिन्न कुराहरूको आफ्नै नियम हुन्छ । जस्तो विज्ञानको नियम, बजारको नियम, समाजको नियम, धर्मको नियम, संस्कृतिको आदिको आफ्नै नियम हुन्छ । त्यस्तो धेरै विषयहरूको विभिन्न नियम हुन्छ । जसले राजनीति निर्माण गर्छ ।

अब नेपालको राजनीति बिग्रिनुमा विभिन्न विषयहरूको नियम विचलन भएको कारणले हो । जस्तो प्रशासन हेर्दा घुसखोरीले गर्दा नियम बिग्रियो । धर्ममा हेर्दा अरु धर्मले मिश्रण भयो भयो । त्यसकारण नेपालको धर्म छ त्यसको नियम बिग्रियो । संस्कृति पनि त्यस्तै बाहिरी संस्कृति हावी भएको छ । दल, नेता, कार्यकर्तामा पनि इमान्दार देखिएन । सबैभन्दा ठुलो असर राजनीतिले गर्छ । राजनीतिको असरको मारमा हामी आज यो गतिमा छौं । सबै विषयका आफ्ना आफ्ना विज्ञहरु हुन्छ्न । तसर्थ कुनै विषयमा विचलन आउने बितिकै विज्ञको सहारा लिएर तुरुन्त सच्याउनु पर्छ । सबै विषयहरू आफ्नो आफ्नो गतिमा चलायमान नियमबद्द ढंगबाट अगाडि नबढाएसम्म राजनीतिले असल गति लिन सक्दैन । मुख्य कुरो भनेको समाज हो । समाजसँग राजनीति जोडिन्छ । नेपालको गरिबी राजनीति मात्र होइन । मानिसको नियतको पनि प्रश्न आउँछ । पाएको ठाउँमा धनीले होस वा गरीबले नियम उलंघन गर्छ । देश र शासक अनि राज्य प्रणाली, मानव अधिकार, अदालत तिनै तहका सरकार केन्द्र सरकार, प्रदेश सरकार , स्थानिय सरकार नियमपूर्वक कार्यक्रम सम्पादन तथा संचालन गर्नुपर्छ । प्रहरी प्रशासन अनि सेना आदि पनि नियमसम्बद ढंगबाट गतिमान हुनु पर्छ ।

मेरो भनाइ के हो भने राजनीतिमात्र हेरेर नेपालको राजनीति थाहा हुँदैन । मानिस जन्मेदेखि नमरुन्जेलसम्म उसको संपर्क कुनकुन विषयहरुमा हुन्छ । ठीक त्यसरी नै देशको राजनीतिको पनि विभिन्न विषयहरुमा हुन्छ । नेपाल गरीब हुनुमा बहुआयामिक तत्वहरु छन । त्यस्तै राजनीति बिग्रनुमा या विचलन हुनुमा पनि धेरै तत्वहरु छन । राजनीतिमा कालो दाग लाग्नु नेता पनि हुन् तर नेता मात्र पूरा होइन । हामीले आफ्नो कर्म कतिको इमानदार पूर्वक गरिरहेका छौं, अनि अरूलाई के सिकाइरहेका छौं, यी कुराहरूले पनि धेरै प्रभाव पर्छ । मानिस कहिल्यै एक्लो छैन र हुँदैन पनि । मानिस एक आपसमा अन्तरसम्बन्धित हुन्छन् । मानिस बाँचुन्जेल विभिन्न कुराहरूबाट जकडिएको हुन्छ त्यसरी नै देश पनि चलेको हुन्छ । मानिसको जीवन र देश तुलना गरेर हेर्न सकिन्छ ।

लेखक कालिका स्नातकोत्तर तह समाजशास्त्र तेस्रो सेमेस्टर त्रिचन्द्र क्याम्पसका विद्यार्थी हुन् ।

Ad

सम्बन्धित समाचारहरु

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

डा. डिला संग्रौला । लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।

जापानको सामाजिक कार्यमा महिला सहभागिता

जापानको सामाजिक कार्यमा महिला सहभागिता

जापान आएदेखी विभिन्न संघ संस्थाहरूमा आवद्द हुने सौभाग्य जुर्यो । यसै क्रममा संघसंस्थाहरूमा महिलाहरूको भूमिका के कस्तो रहन्छ भन्ने नजिकबाट बुझ्ने मौका पाए । जापानमा विद्यार्थी, कामदार, डाक्टर, इन्जिनियर अथवा विभिन्न ब्यवसायी गर्ने सबैको कर्मथलो बनेको छ । यो देशको रहन सहन, भौतिक विकास, समयको सदुपयोग इत्यादि कुराहरूले म लगायत सबैलाई मोहित पारेको हुनुपर्छ र त यति धेरैको संख्या (लगभग एक लाख) हामी नेपालीहरू पुगेका छौं । सोहि अनुसार आफ्नो गाउं टोल, जिल्ला, प्रदेश विभिन्न जातजाति लगायत राजनीतिक संस्थाहरूको भातृ संघ संस्थाहरू पनि खडा भएको छ । मेरो बुझाईंमा जे जति संघ सस्थाहरू खड़ा भए पनि सबैको उद्देश्य भनेको लगभग एकै छन जापानवासी नेपालीहरूमा आईपर्ने समस्यामा हातेमालो गरेर समाधान गर्ने र आ आफ्नो क्षेत्रमा (नेपाल) पनि मद्दत गर्ने।

Ad

प्रतिक्रिया दिनुहोस

Ad