Namaste Icon
Ad
Ad

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ। सोमबार ४ बजे बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव उमेश ओझाले जानकारी दिए ।

सोमबार मात्रै कम्पनीको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँले बढेर प्रतिकित्ता १३ हजार १०२ रुपैयाँ कायम भएको छ । एक महिनाअघि कम्पनीको मूल्य प्रतिकित्ता १० हजार ४५० रुपैयाँ रहेको थियो । कम्पनीको १९ लाख २० हजार २४६ कित्ता सेयर बजारमा सूचीकृत छ ।

Ad

सम्बन्धित समाचारहरु

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

काठमाडौं । कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा अर्थ मन्‍त्रालयका सहसचिव दीर्घराज मैनाली मनोनयन भएका छन् । चैत १६ मा अर्थमन्‍त्री विष्णु पौडेलले उनलाई मनोनयन गर्ने निर्णय गरेका हुन् । मैनालीले २२ गते पद तथा गोपनियताको सपथ लिएका छन् ।

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ४ सय रहेको थियो । आज तोलामा २ सयले कमि आइ छापावाला सुनको मूल्य ८७ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad