Namaste Icon
Ad
Ad

भारत जाँदै पूर्वराजा

भारत जाँदै पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि भारत जाने भएका छन् । दार्जिलिङमा परिवार र सहयोगीसहित पुगेर फर्किएका उनी २६ चैत्रमा फेरि भारत जाने भएका हुन् ।

यसपटक पूर्वराजा शाह हरिद्वार पुग्दैछन् । त्यहाँ सञ्चालन हुने महाकुम्भ मेलामा सहभागी हुनेछन् । पूर्वराजाको पछिल्लो समय सक्रियता निकै बढेको छ । उनी काठमाडौंबाहिर अधिकांश समय बिताउन थालेका छन् । पूर्वराजा शाह दार्जिलिङमा बढी ओहोरदोहोर गर्न थालेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

काठमाडौं । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ ।

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

काठमाडौं । सरकारले बुधबार (आज) बाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थीत नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनोबिरुद्धको खोप हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad