Namaste Icon
Ad
Ad

नेपाल–भारत सीमामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

नेपाल–भारत सीमामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलाली । भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए । ‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो’, प्रहरी निरीक्षक थापाले भने, ‘बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।’

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।– रासस

Ad

सम्बन्धित समाचारहरु

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

काठमाडौं । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ ।

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

काठमाडौं । सरकारले बुधबार (आज) बाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थीत नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनोबिरुद्धको खोप हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad