एमाले बाग्मतीमा पनि समानान्तर कमिटी, संयोजकमा अष्टलक्ष्मी शाक्य

काठमाडाैं । पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको एमाले (झलनाथ खनाल–माधव नेपाल पक्ष)ले बाग्मती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । मंगलवार काठमाडौंमा भएको खनाल–नेपाल पक्षको भेलाले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय कमिटी गठन गरेको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी त्यागेर आएका गृहमन्त्री रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इञ्चार्जको जिम्मा दिएका थिए ।
खनाल–नेपाल पक्षले यसअघि बाग्मती प्रदेश इञ्चार्ज रहेकी शाक्यलाई नै इञ्चार्ज बनाएको हो । समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले पार्टीलाई जेठ २ गतेकै अवस्थामा फर्काउन आफूहरूले अभियान चलाएको बताए । उनले यो अभियान देशव्यापी बनाउने बताए ।
कमिटीको सह–संयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् । कमिटीमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरिप्रसाद शर्मालगायत छन् ।
नेपाल पक्षले आइतवार काठमाडौंमा कार्यकर्ता भेला गरी वसन्त मानन्धरको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेको थियो । यसअघि कास्की, तनहुँ, लमजुङलगायतका जिल्लामा खनाल–नेपाल पक्षले समानान्तर कमिटी गठन गरिसकेको छ ।
काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।