Namaste Icon
Ad
Ad

‘कबड्डी ४’ मा मिरुना र गौमाया फाइनल

‘कबड्डी ४’ मा मिरुना र गौमाया फाइनल

काठमाडौँ । चलचित्र ‘कबड्डी ४’का लागि नायिका मिरुना मगर र गौमाया यात्री फाइनल भएका छन् । मिरुनाले यसअघि नै केही नेपाली चलचित्रमा काम गरेकी छन् । नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी गौमाया भने भ्लगर हुन् ।

यसअघि नै दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भइसकेका छन् । यस चलचित्रलाई कबड्डीको अन्तिम भाग बताइँदै आइएको छ । वैशाखबाट छायांकनको तयारीमा रहेको यस चलचित्र असोजको १५ गतेबाट प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad