Namaste Icon
Ad
Ad

कर्णालीमा तिन मन्त्रीले दिए राजिनामा

कर्णालीमा तिन मन्त्रीले दिए राजिनामा

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा आज राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । तिनैजनाले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा बुझाएका छन् ।

चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे लगत्तै कर्णाली प्रदेशमा एमाले नेतृत्वमा एकल सरकार बनाउने योजनासहित केही दिन पहिले एमाले सासदिय दलको बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले आज राजीनामा दिएका छन । आइतबार बसेको एमाले संसदीय दलको बैठकले एमाले निकटका मन्त्रीहरुलाई राजीनामा दिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।एमालेकाे नेतृत्वमा सरकार वनाउन सहजीकरण गर्ने भन्दै सासदिय दलको निर्णयलाई आत्मासाथ गर्दै राजिनामा दिएको मन्त्री दल रावलले जानकारी दिए।एमालेका २० जना र माओवादी केन्द्रका १३ जना सासदको समर्थनमा महेन्द्र बहादुर शाही २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा न्युक्ती भएका थिए।एमालेले नेपालको संविधान धारा १६८(२)अनुसार सरकार गठनका लागि माओवादी केन्द्रका सासदिय दलका नेता महेन्द्र बहादुर शाहिलाई समर्थन दिएको थियो ।

उक्त संविधानको धारामा कुनै दलको स्पष्ट बहुमत नभएको खण्डमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा न्युक्ती गर्न सकिने उल्लेख गरिएको छ।नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जनासासदहरुको समर्थनमा मुख्यमन्त्रीमा शाही न्युक्ती भएका थिए । सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि कर्णाली महेन्द्र बहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको हो।सरकार टिकाउन २१ जना सासदहरुको समर्थन चाहिने भएकोले माओवादी केन्द्रसङ्ग जम्मा १३ जना मात्रै सासद छन।नेकपा एमालेसङ्ग स्पष्ट बहुमत रहेकोले एमाले एक्लैले सरकार बनाउन सक्ने भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad