Namaste Icon
Ad
Ad

पत्रकार महासंघको निर्वाचन : अर्घाखाँचीमा दुई खनालबीच प्रतिस्पर्धा

पत्रकार महासंघको निर्वाचन : अर्घाखाँचीमा दुई खनालबीच प्रतिस्पर्धा

अर्घाखाँची । सधै समाचार लेख्न व्यस्त हुने पत्रकार चुनावमा हाेमिएका छन् । समाचार लेख्न क्यामरा बाेकेर हिड्ने पत्रकारलाई मत माग्नमा व्यस्त छन् । केन्द्र, प्रदेश र जिल्लाकाे निर्वाचन एकैपटक हुने भएपछि पत्रकारहरूमा भिन्नै माहाेल छाएकाे छ । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको निर्वाचनको लागि तयारी पुरा भएको छ । महासंघको भोली हुने चुनावका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, प्रेस चौतारी (माधव) जनपत्रकार संगठन, प्रेस मञ्च नेपाल लगायतको लोकतान्त्रिक गठबन्धनबाट २९ जनाको दरखास्त परेको छ ।

यस्तै एक्लै भिड्दै गरेको प्रेस चौतारी नेपालबाट २१ जनाको दरखास्त परेको छ । जिल्लामा महासंघको निर्वाचनमा १२६ जना मतदाताले मत खसाल्न पाउने छन् । निर्वाचन पुर्व सन्ध्यामा उम्मेदवारहरू मत माग्न व्यस्त छन् । चुनावका लागि उम्मेदवार बनेकाहरू मत माग्न व्यस्त छन् । राजनीतिक चुनावमा रातदिन नभनी रिपोर्टिङमा रहने पत्रकार आफै चुनावमा होमिएका छन् ।

अर्घाखाँचीका पत्रकारहरुले विभिन्न माध्यमबाट मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन् । उम्मेदवार बनेकाहरू मात्रै होइन उम्मेदवारलाई समर्थन गर्नेहरू समेत मत माग्न व्यस्त छन् । पत्रकार मुद्दादेखि पत्रकारितामा सुधारसम्मका एजेन्डा उनीहरूसँग छन् । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका विषय अहिले एजेन्डा बनेका छन् । अध्यक्षद्वय खनालकाे टिमले दुबैले आफ्नाे जित सुनिश्चित रहेकाे दाबि गरेका छन् ।


महासंघको आसन्न चुनावका लागि दरखास्त परेको नामावली यस प्रकार छ:-
लाेकतान्त्रिक गठबन्धनबाट:-
अध्यक्ष :- अशोक खनाल
उपाध्यक्ष :- बिरेन्द्र केसी
उपाध्यक्ष महिला:- भगवता पाण्डे
सचीव :- बिनोद गैरे
कोषाध्यक्ष :- रुद्रमणी भुसाल
सहसचिव :- हृदय भुसाल
समाबेशी सहसचिव
अनिल नेपाली (निर्वाचित)
सदस्य जनजाति :-
अम्बिका श्रेष्ठ (निर्वाचित)
सदस्य महिला :-
सरिता भुसाल (निर्वाचित)
सदस्य खुल्ला:-
लक्ष्मण घिमिरे
घनश्याम पौडेल
बिष्णु खनाल
जितेन्द्र खत्री
गोपाल भट्टराई
अशोक चौहान
वसन्त बि. क.
दलित सदस्य:-
सागर परियार

समाबेशी:-
बाबुराम रसाइली
केन्द्रिय परिषद सदस्य :-
बिष्णु प्रसाद भुसाल
सुर्य प्रसाद भुसाल


प्रेश चौतारी केपीओली प्यानलबाट
अध्यक्ष :- गणेश खनाल
उपाध्यक्ष :- वसन्त कुमार श्रेष्ठ
महिला उपाध्यक्ष :-सबिता आचार्य
सचीव :- बिष्णु कुमार आले
कोषाध्यक्ष :- नवीन के. सी.
सहसचिव :- हुम बहादुर बि. क.
सदस्यहरू:-
करिष्मा खनाल
अमृत श्रेष्ठ
प्रदीप नेपाली
सदस्य खुल्ला:-
सृजन भुसाल
भुपेन्द्र सुवेदी
नारायण भुसाल
नवीन पंथी
चन्द्र पाण्डे
निशा पंथी
केन्द्रिय परिषद सदस्य :-
शालिकराम आचार्य
खिम प्रसाद मरासिनी
प्रदेश परिषद् सदस्य तथा विभिन्न पदमा निर्विरोध निर्वाचित भईसकेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad