नयाँ प्रकारको कोरोनाले सुदूरपश्चिममा पहिलोपल्ट संक्रमितको मृत्यु

धनगढी । नयाँ प्रकारको कोरोना संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको बुधवार बिहान मृत्यु भएको हो । उनको कञ्चनपुर स्थित महाकाली अस्पतालमा उपचार भइरहेको थियो । भारतको गुजरातबाटै कोरोना संक्रमित भएर आएका पुरुषको नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
२२ गते अस्पतालमा भर्ना भएका सङ्क्रमित पुरुषको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको महाकाली अस्पतालका व्यवस्थापक दीपेन्द्र रावलले जानकारी दिए ।सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण भित्रिएपछि पहिलो पटक सङ्क्रमितको मृत्यु भएको हो । अहिले कैलाली र कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
काठमाडौं । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ ।
काठमाडौं । सरकारले बुधबार (आज) बाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थीत नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनोबिरुद्धको खोप हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।