Namaste Icon
Ad
Ad

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

लण्डन । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार पत्र पठाएका हुन् ।

पत्रमा यही जुलाई १ तारिखभित्र नेपाल र बेलायत सरकारबीच वार्ता समिति गठन गरी भूपू गोर्खालाई दिँदै आएको असमान पेन्सनलगायतका समस्याहरू समाधान गर्न आग्रह गरिएकोछ । संयुक्तपत्रका एक हस्ताक्षरकर्ता मेजर टिकेन्द्र दल देवानले पत्रको जवाफ बेलायत सरकारले जुन रूपमा फर्काउँछ सोहीअनुरुप आफूहरूले थप अन्य कार्यक्रम तयार पार्ने बताए ।

उक्त संयुक्तपत्रमा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान यूकेका संयोजक थर्क राना, गेसोका कार्यवाहक सभापति धर्म तामाङ, गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, ब्रिटिस गोर्खा नेपाल भूपू सैनिक सङ्घका अध्यक्ष केशबहादुर गुरुङ, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान र गैरआवासीय नेपाली सङ्घ यूकेका उपाध्यक्ष एवं गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरको हस्ताक्षर रहेको मेजर देवानले जानकारी दिए । यसैगरी सङ्गठनहरूले संयुक्तरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि केही समयभित्रै एक छुट्टै पत्र लेखी पठाउने कार्यक्रम रहेको बताएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

विश्व हिन्दु गौरक्षा जागरण अभियानले सरकारलाई दियो कडा चेतावनी

काठमाडौं । विश्व हिन्दु गौरक्षा जागरण अभियान सुदुरपश्चिम प्रदेशले प्रदेशका मुख्यमन्त्री लगायत सबै मन्त्रालयमा १२ बुँदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको संस्थाका अध्यक्ष चक्रदेव जोशीले जानकारी दिए ।

फूटबललाई टेनिस र्‍याकेटले उल्टो सुल्टो हानेर मधु थापाले राखे विश्व कृतिमान

केशर विश्वकर्मा,  काठमाडौं । मधु थापाले द मोस्ट अल्टरनेटिभ हिट्स अफ फूटबल विथ टेनिस ईन ३० सेकेन्ड शीर्षकमा नयाँ विश्व कृतिमान राखेका छन । थापाले ३० सेकेन्डमा ६९ पटक फूटबललाई टेनिस र्‍याकेटले उल्टो सुल्टो हानेर नयाँ विश्व कृतिमान कायम गरेका हुन । त्रियुगा नगरपालिका-२ उदयपुर जिल्लाका थापाले अन्य विश्व कृतिमानी व्यक्तिहरुबाट प्रभावित भएर यो रेकर्ड राखेको बताए । वर्ल्ड रेकर्ड फाउन्डेशन नेपालले एक कार्यक्रम आयोजना गरेर सो नयाँ विश्व कृतिमानी कायम गरिएको हो । कार्यक्रममा उपस्थितिहरुलाई स्वागत मन्तव्य राख्दै विश्व कृतिमानीहरु एकजुट हुनुपर्ने वर्ल्ड रेकर्ड फाउन्डेशन नेपालका संस्थापक महासचिव आरबी थापाले बताए । सफलताको शुभकामना दिदैँ नेपालमा दिनदिनै नयाँ प्रतिभाहरु जन्मिदैँ गएकोले त्यस्ता व्यक्ति तथा प्रतिभालाई वर्ल्ड रेकर्ड फाउन्डेशनले महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने रक्षकुमार राईले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad